Logo
Logo

चौथो बेलबारी गोल्डकप : हिमालयन शेर्पा क्लबले झापाको रोलिङ क्लबलाई ३–१ ले हरायो



मोरङ । चौँथो अन्तर्राष्ट्रिय आमन्त्रण बेलबारी गोल्डकपमा हिमालयन शेर्पा क्लब काठमाडौं ३–१ गोलको अन्तरले विजयी भएको छ । पहिलो सेमिफाइनलमा झापाको रोलिङ क्लब हराउदै उपाधि नजिक पुगेको हो ।

१६ औं मिनेटमा शेर्पाका विदेशी खेलाडी पिस्टन मुतुम्वाले गोल गरे । रोलिङ क्लबका गोल रक्षक मनोज प्रधानले गरेको पन्च बललाई पिस्टनले जाली चुमाएको हो । मध्यान्तरपछि शेर्पाका विश्वास श्रेष्ठले खेलको ५० औं मिनेटमा थप १ गोल गरे ।

त्यसको २ मिनेटपछि शेर्पाका विसोन गुरुङले १ गोल गर्दै टिमलाई ३–० को अग्रता दिलाए भने ५७ औं मिनेटमा रोलिङका ड्याडी वाम्बाले सान्त्वना गोल गरे । शेर्पाका त्रिदेव गुरुङले म्यान अफ द म्याचको उपाधिसँगै नगद ५ हजार ५ सय रुपियाँ प्राप्त गरे ।

मङ्गलबार दोस्रो सेमिफाइनल खेल राजारानी (रारा) फुटबल क्लब धनकुटा र शसस्त्र प्रहरीको एपीएफ क्लब बीच हुनेछ ।

आठ टीम सहभागी प्रतियोगिताको विजेता टीमले ५ लाख र उपविजेता टिमले २ लाख ५० हजार रूपैयाँ नगद पुरस्कार पाउनेछन् । कात्तिक ११ देखि सुरु भएको प्रतियोगिता कात्तिक १७ गतेसम्म चल्नेछ । शुक्रबार (कार्तिक १५ गते) हुने पहिलो सेमिफाइनल खेल रोलिङ क्लब झापा र हिमालय शेर्पा क्लबबीच हुनेछ ।

प्रतिक्रिया दिनुहोस्