Logo
Logo

विमानस्थलबाट फेरि सुन तस्करी, एक पक्राउ


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, २४ बैशाख । 
प्रहरी सक्रियताका बाबजुत विमानस्थलबाट सुन तस्करी रोकिएको छैन ।

१० लाख रुपैयाँ बराबरको तस्करीको सुनसहित मंगलबार एक युवक पक्राउ परेका छन् ।
विमानस्थलको पार्किङ एरियाबाट एक सय ९९ ग्राम सुनसहित बालकुमार मगर पक्राउ परेका हुन् । उनीसँग सुनका चार जटा बाला भेटिएको छ ।
विदेशबाट आउने युवकसँग संकलन गरेको अवस्थामा सुन बरामद भएको हो ।
दुई दिनअघि विमानस्थलका एक कर्मचारी नै सुन तस्करीको आरोपमा पक्राउ परेका थिए ।

प्रतिक्रिया दिनुहोस्