Logo
Logo

सम्झौतामा हस्ताक्षर गर्दै अल्मुताइरीले भने, ‘मेरो व्यक्तिगत जीवनमा टीकाकाटिप्पणी नगर्नुहोस्’



काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टीमका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले तीन वर्षे सम्झौतामा हस्ताक्षर गरेका छन् । उनले मंगलबार सम्झौतामा हस्ताक्षर गरेका हुन् ।

उनी नेपाली फुटबल टीममा अब २०२४ सम्म मुख्य प्रशिक्षक रहनेछन् । उनका अनुसार उनको नोभेम्बर १ बाट सम्झौता सुरु भएको थियो । सम्झौताअनुसार उनी २०२४ को अन्त्यसम्म नेपालमा रहनेछन् ।

उनले पत्रकारहरुसँग कुरा गर्दै नेपालमा फुटबलका लागि राम्रो वातावरण बनाउनका लागि कोसिस गर्ने प्रतिबद्धता जनाए । उनले फुटबलको बारेमा अर्को महिला लिग सुरु भएको प्रष्ट हुने पनि उल्लेख गरे ।

परीक्षण काल पूरा गरेको भन्दै मुख्य प्रशिक्षक अल्मुताइरीले मिलेर फुटबल विकासमा काम गर्न चाहेको बताए । ‘म प्रशिक्षक हुँ, फुटबलमा काम गर्न चाहन्छु’ उनले भने ।

तर आफ्नो व्यक्तिगत जीवनलाई लिएर टीकाटिप्पणी नगर्न उनले आग्रह गरे । मुख्य प्रशिक्षक अल्मुताइरीले अघि भने, ‘मैले के लगाएँ, कस्तो कपाल बनाएँ, मेरो जीवनबारे नबोल्नुस् । मेरो काममा केही छ भने भन्नुस् ।’

माल्दिभ्समा भएको साफ च्याम्पियनसिपको फाइनल खेल्नुअघि अम्मुताइरीले नेपाल छाड्ने घोषणा गरेका थिए । तर अखिल नेपाल फुटबल संघ (एन्फा)का अध्यक्ष कर्माछिरिङ शेर्पाले कतार पुगेर भेट्नुका साथै कतार फुटबल एशोसिएसनसँग भएको छलफलपछि मुख्य प्रशिक्षक अम्मुताइरी नयाँ सम्झौताका लागि सहमत भएका हुन् ।

प्रतिक्रिया दिनुहोस्