मेयर कप भेट्रान्स फुटबल प्रतियोगिताको उपाधि झापा भेट्रान्स फुटबल क्लबलाई « Drishti News – Nepalese News Portal
Logo

मेयर कप भेट्रान्स फुटबल प्रतियोगिताको उपाधि झापा भेट्रान्स फुटबल क्लबलाई


दृष्टि संवाददाता


काठमाडौं । झापा भेट्रान्स फुटबल क्लबले मेयर कप भेट्रान्स फुटबल प्रतियोगिताको उपाधि जितेको छ ।

मंगलबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको फाइनलमा झापाले एफई खुमलटार भेट्रान्स क्लबलाई २–१ गोल अन्तरले पराजित गर्दै उपाधि हात पारेको हो । झापालाई उपाधि दिलाउन दुबै गोल श्याम कुमार गोलले गरे ।

खुमलटारका लागि एकमात्र गोल कप्तान नरेन्द्र लामाले गरेका थिए । प्रतियोगिताको विजेता झापाले ५ लाख तथा उपविजेता खुमलटारले २ लाख ५० हजार रुपैयाँ प्राप्त गरेको छ ।

लिगकम नकआउट प्रणालीमा खेलाएको प्रतियोगितामा २१ टिम सहभागी थिए ।

प्रतिक्रिया दिनुहोस्