Logo
Logo

प्रधानमन्त्री देउवा र भारतीय समकक्षी मोदीबीच भेटवार्ता



काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय समकक्षी नरेन्द्र मोदीबीच भेटवार्ता भएको छ ।

राष्ट्रसंघीय जलवायु सम्मेलन कोप–२६ मा सहभागी हुन पुगेका दुई समकक्षीबीच स्कटल्यान्डमा भेटवार्ता भएको हो ।

भेटवार्तामा देउवा र मोदीबीच मिलेर जलवायु संकटविरुद्ध लड्ने विषयमा कुराकानी भएको बताइएको छ । देउवासँगको भेटपछि मोदीले दिगो विकासको क्षेत्रमा मिलेर कार्य गर्ने बताएका छन् ।

भेटवार्तामा नेपालको तर्फबाट प्रधानमन्त्री देउवासहित परराष्ट्र सचिव भरतराज पौड्याल तथा भारतको तर्फबाट मोदीसहित विदेशमन्त्री एस जयंशकर सहभागी थिए ।

प्रतिक्रिया दिनुहोस्