Logo
Logo

जब विश्व जलवायु सम्मेलनमा ‘डाइनोसर’ छिर्‍यो (भिडियोसहित)



काठमाडौं । स्कटल्याण्डको ग्लास्गोमा जलवायु परिवर्तनसम्बन्धी पक्ष राष्ट्रहरुको २६ औँ सम्मेलन (कोप २६) हिजोदेखि शुरू हुँदै गर्दा विश्वभरका वातावरणवादीको ध्यान यसतर्फ केन्द्रित भइएको छ । जलवायु परिवर्तनको असर न्यूनीकरण तथा त्यससम्बन्धी कार्यहरुको ठोस निर्णय गर्ने महत्वपूर्ण थलोको रुपमा रहेको कोप–२६ विश्वकै जलवायु नीति र कार्ययोजना तर्जुमा तथा विगतमा गरिएका प्रतिवद्धताहरुको समीक्षा गर्ने महत्वपूर्ण अवसर पनि हो । यस सम्मेलनलाई विश्वका सञ्चार माध्यमहरुले पनि निकै महत्वका साथ समाचार सम्प्रेषण गरिरहेका छन् ।

सोही सम्मेलनको एउटा भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । जसमा करिब ६ करोड ६० लाख वर्ष अगाडि नै पृथ्वीबाट लोप भइसकेको ठूलो जीव डाइनोसर देखिएको छ । भिडियोमा डाइनोसर सम्मेलनको ढोकाबाट भित्र आउँदा सम्मेलनमा सहभागि सबै त्रसित हुन्छन् ।

डाइनोसर अगाडि पोडियम नजिकै जान्छ र सम्मेलनलाई सम्बोधन गर्न थाल्छ । सम्बोधनका क्रममा आफू लोप हुनुको कारण बताइरहेको छ ।

सुन्नुस् मानिसहरु । जीवजन्तुको लोपबारे मलाई थाहा छ । मलाई बताउन दिनुस् । स्वाभाविक रुपमा तपाईंहरुलाई पनि थाहा छ कि लोप हुनु राम्रो कुरा होइन । तर, आफैंलाई जानीजानी समाप्त पार्ने ? सात करोड वर्षमा मैले सुनेको सबैभन्दा हास्यास्पद कुरा हो यो ।

हामीलाई त एउटा भन्ने बाटो छ । हाम्रो विनाशको कारण उल्का पिण्ड थियो । तर तपाईंहरुको बहानाचाहिँ के रु तपाईंहरु विनाशकारी जलवायु विपत्ति तिर जाँदै हुनुहुन्छ । यस्तो अवस्थामा पनि सरकारहरु खर्बौं रुपैयाँ जीवाशेष इन्धनमाथि अनुदान दिन खर्च गरिराखेका छन् ।

त्यो पैसाले अरु के–के गर्न सकिन्छ भन्ने सोच्नुभएको छ रु विश्वमा अहिले पनि चरम गरिबी छ । आफ्नो विनाशको लागि खर्च गर्नुभन्दा गरिबलाई सहयोग गर्नु ठूलो पूण्यकर्म जस्तो लाग्दैन तपाईंलाई ? मलाई एकिछन यथार्थ बोल्न दिनुस् । तपाईंलाई एउटा अद्धितीय अवसर प्राप्त भएको छ । महामारीको घाउ निको पार्न र अर्थनीति पुनर्निर्माण गर्न मेरो एउटा सुझाव राम्ररी सुन्नुहोस् । लोप हुने बाटो कदापी नरोज्नुस् । बहाना बनाउन छोड्नुस् । आफ्नो जातिलाई लोप हुनबाट जोगाउनुस् । धन्यवाद !

भिडियो :

प्रतिक्रिया दिनुहोस्