Logo
Logo

गणेशमान सिंह राष्ट्रिय टेनिस प्रतियोगिताको उपाधि आरभ सम्राट र सलोनीलाई



काठमाडौं । आरभ सम्राट हाडा पुरुषतर्फ र सलोनी तामाङ्ग महिला तर्फको गणेशमान सिंह राष्ट्रिय टेनिस प्रतियोगिता २०२१ को उपाधि उचाल्न सफल भएका छन् ।

आरभरले मंगलबार सम्पन्न फाईनल खेलमा ऋतीक राणालाई ६–३, २–६ र ६–१ ले तथा सलोनीले प्रेरणा कोईरालालाई ६–३, ६–४ ले पराजित गर्दै उपाधि उचालेका हुन् ।

गणेशमान सिंह फाउण्डेशनको आयोजना तथा नेपाल टेनिस संघको आयोजनामा भएको प्रतिस्पर्धाको पुरुष युगल तर्फ प्रदीप खड्का र अनिल शाहीको जोडीले बाजी मारे । उक्त जोडीले अकि जुवेन राउत र निहाल जंग बहादुर थापाको जोडीलाई ६–४, ७–६ को सेटमा पराजित गर्दै जित हात पारे ।

३५ बर्ष माथिको पुरुष युगल तर्फको खेलमा कमल बहादुर भण्डारी र सिमान्त गुरुङ्गको जोडीले उपाधी उचाले । उक्त जोडीले निरज थापा र लोक गुरुङ्गको जोडीलाई ६–४, १–६ र १०–८ को कठिन जित निकाले । सातदोवाटोस्थित टेनिस कोर्टमा आयोजना भएको प्रतियोगिताको ४५ बर्ष माथिको पुरुष एकलमा सिजर गुुरुङ्गलाई पछि पार्दै विमल कुमार गुरुङ्गले उपाधी उचाले । विमलले सिजर माथि ६–१, ६–१ को समान अन्तरले पराजित गरे । यस्तै युगल तर्फ चन्द्र शाही र देगेन्द्र श्रेष्ठको जोडीले राजु श्रेष्ठ र महेश श्रेष्ठको जोडी माथि ६–२, ६–३ ले जित निकाल्दै उपाधिमा आफ्नो नाम लेखाए ।

५५ बर्ष माथीको प्रतिस्पर्धामा भेट्रान खेलाडी कमल थापा र छम्ब धोन्दुपको जोडीले कृष्ण राज घले र सुवर्ण धाख्वाको जोडीलाई ६–८, ६–१ र १०–८ ले पराजित गर्दै उपाधी उचाले । विजयी खेलाडीहरुलाई नेपाली काँग्रेसका नेता तथा पूर्व उपप्रधानमन्त्री प्रकाशमान सिंहले पुरस्कार वितरण गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्