Logo
Logo

रसुवा र काठमाडौं परिसरका डिएसपी फेरिए


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, २५ बैशाख ।
प्रहरी प्रधान कार्यालयले केही डिएसपीको सरुवा गरेको छ । जिल्ला प्रहरी कार्यालय रसुवामा भाग्येन्द्रपुरुष ढकालको सरुवा भएको छ । रसुवा डिएसपीको पहिलो रोजाईको जिल्ला हो । केरुङ नाकाका कारण रसुवाबाट तस्करी हुने र त्यसमा चलखेल हुने भएकाले प्रहरीको रोजाई परेको हो ।


त्यस्तै रसुवाका डिएसपी सन्तोष तामाङको काठमाडौं परिसरमा सरुवा भएको छ । काठमाडौं परिसरको मुद्दा शाखामा कार्यरत डिएसपी मोहन थापाको प्रहरी प्रधान कार्यालयको कानून शाखामा सरुवा भएको छ ।
अन्य दर्जनौं जिल्लाका एसपी तथा डिएसपीको पनि सरुवाको तयारी भइरहेको छ ।
केही दिनअघि बर्दियामा एसपी राजेश बाँस्तोलालाई पठाइएको थियो । बर्दियाका एसपी सुरेन्द्र मैनालीको कल्याण शाखामा सरुवा भएको छ ।

प्रतिक्रिया दिनुहोस्