काठमाडौं । मंसिर अन्तिममा १४औं महाविधेशन गर्ने तयारीमा रहेको नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ ।
कात्तिक २८ गते दिनको १ बजेका लागि पार्टी कार्यालय सानेपामा बैठक आह्वान गरिएको कांग्रेस कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
बैठकमा केन्द्रीय समितिका सबै सदस्य र आमन्त्रित केन्द्रीय सदस्यहरुको उपस्थिति रहने पौडेलले जानकारी दिए ।











