Logo
Logo

‘मेरो सरकार’ ! बौद्धको बाटो कहिले बन्छ ?


- दृष्टि न्युज/संवाददाता

0
Shares

वैशाख २६ गते देखि वौद्धको वाटोमा जनता फेरि आन्दोलनमा उत्रेका छन् । उही चार वर्ष देखिको माग नै हो जनताका । वौद्धको वाटो चाँडो पिच गरियोस्, धुलो हिलोवाट मुक्ति पाइयोस् भन्ने नै हो जनताका माग ।

जनताले हवाइजहाज ल्याण्ड गर्न मिल्ने सडक वनाइ दिनु भनेर मागेका छैनन् । केवल ४ वर्ष पहिले देखि वनाउन शुरु गरिएको वाटो छिटो पिच गरियोस् भन्ने माग । वजेट भएकै वाटो हो । पैसा छुट्याएकै वाटो हो ।

 

सोही वाटोमा पर्ने पाँचतारे होटलमा केही समय पहिले अन्तराष्ट्रिय सम्मेलनका पाहुनाहरुलाइ स्वागत सत्कार गर्ने कार्यक्रम थियो । तर वाटो नवनेको कारणले गर्दा सो स्थान नै परिवर्तन गर्न ओली सरकार वाध्य भएको थियो । अन्तराष्ट्रिय जगत सामु नेपालको शिर निहुरिएको थियो ।

त्यो वेला यातायात मन्त्रीलाई प्रधानमन्त्रीले तुरुन्त सो वाटो वनाउन निर्देशन दिएको समाचार आएको थियो । तर अहिले महिनौं भइसक्यो, वाटो उस्तै छ ।

भरखरै संसदमा प्रधानमन्त्री ओलीले काठमाण्डौंमा मास्क लाउन नपर्ने भएको वताउनु भएको थियो । यो कुरा यथार्थ थिएन भन्ने काठमाण्डौमा रहेका र यहाँ आउने सबैलाइ थाहा छ । अहिले आएर जनताले वौद्धको वाटोमा टायर वालेर प्रदर्शन गर्दै चर्को धुलो हटाउन पिच चाँडो गरियोस् भन्ने माग राख्नुले प्रधानमन्त्रीका कुरा गलत सावित भएको छ ।

वौद्ध भनेको पर्यटकहरु अनिवार्यरुपमा जाने ठाउँ पनि हो । तर त्यहाँको वाटो नै यस्तो गएगुजे्रको रहनुले हाम्रो देशको वारेमा नराम्रो सोच सहित उनीहरु फर्किरहेका छन् ।

वौद्धको वाटो र मेरो सरकारको वाटो उस्तै उस्तै रहेको छ । धेरै वाटोहरु वौद्धको वाटो जस्तै रहेको छ । गलत काम गर्ने र ढीलासुस्ती गर्ने ठेकेदारहरुमाथि कारवाही गर्ने हिम्मत यो सरकारले गर्न सकेको छैन ।

भनिन्छ कि मेरो सरकार राम्रा होइन, नराम्रा ठेकेदारहरुले चलाई रहेको छ । अनि कसरी हुन्छ उनीहरुमाथि कारवाही ?

यदि समय मै यो वाटो सच्याइएन भने नेकपाको सरकार विरुद्ध अरु जनता पनि उठ्न वाध्य हुनेछन् ।

रवीन्द्र श्रेष्ठ

प्रतिक्रिया दिनुहोस्