Logo
Logo

किशिदा जापानको प्रधानमन्त्रीमा पुनः निर्वाचित



टोकियो । जापानको प्रधानमन्त्रीमा लिवरल डेमोक्रेटिक पार्टी (एलडीपी(का अध्यक्ष फुमिओ किशिदा पुनः निर्वाचित भएका छन् ।

गत अक्टोबर ३१ मा भएको पार्टीको अधिवेशनबाट उनी फेरि अध्यक्षमा निर्वाचित भएपछि अहिले प्रधानमन्त्रीमा पनि निर्वाचित भएका हुन् । उनले संसदको तल्लो सदनका कुल सिटमध्ये सरकार गठनका लागि चाहिने २३३ भन्दा बढी सिट जित्दै एकल बहुमत लाएको अन्तर्राष्ट्रिय समाचार माध्यमले जनाएका छन् ।

किशिद गत अक्टोबर ४ मा पहिलो पटक प्रधानमन्त्रीमा निर्वाचित भएका थिए । पूर्ववर्ती योशिहिदे सुगाले सेप्टेम्बरमा राजीनामा दिएपछि किशिदा प्रधानमन्त्री भएका थिए ।

उनले मन्त्रिपरिषद्को सदस्यमा पनि आफ्नो पहिलो कार्यकालका सहयात्रीहरुलाई नै निरन्तरता दिने अपेक्षा गरिएको छ । नयाँ सरकारले कोरोनाभाइरसको महामारीबाट प्रभावित भएको अर्थतन्त्रलाई पुनर्जिवित गर्ने कार्यलाई उच्च प्राथमिकतामा राखेको छ ।

प्रतिक्रिया दिनुहोस्