Logo
Logo

आज महागुरु फाल्गुनन्दको १३७ औँ जन्मजयन्ती



काठमाडौं । आज महागुरु फाल्गुनन्दको १३७ औँ जन्मजयन्ती मनाइँदैछ । फाल्गुनन्द लिङ्देन समाज सुधारकको रूपमा परिचित मानिन्छन् । लिङ्देन नेपालको पछिल्लो राष्ट्रिय विभूति समेत हुन् ।

फाल्गुनन्द विसं १९४२ कात्तिक २५ गते इलामइलामको इभा-५ चुक्चिनाम्बा भन्ने स्थानमा जन्मिएका हुन् । किराँत भाषा, लिपि, संस्कार, संस्कृति एवं समाज सुधारमा उनको महत्वपूर्ण योगदान रहेको छ ।

फाल्गुनन्दको जन्मजयन्ती विशेषतः किरात (लिम्बु) धर्मावलम्बीहरूले मनाउँदै आएका छन् । किरांत धर्मावलम्बीका गुरु तथा राष्ट्रिय विभूति फाल्गुनन्दले समाजसुधारका लागि खेलेको भूमिकाको कदर गर्दै पांचथर, ताप्लेजुङ, तेह्रथुम, इलाम र झापा लगायत पूर्वी पहाडी जिल्लामा विभिन्न कार्यक्रम गरी हरेक वर्ष कात्तिक २५ गते जन्मजयन्ती मनाउने गरिन्छ ।

समाज सुधारको अभियानका क्रममा फाल्गुनन्द १९७८ सालमा लब्रेकुटी पुगेका थिए । फाल्गुनन्दले (१९८८) बैसाख २४ गते पाँचथरको चोकमागुस्थित लब्रेकुटीमा तत्कालीन दश जना लिम्बुवानका प्रतिनिधि बोलाएर विकृति, विसंगति हटाउँदै समाज सुधार गर्न ७ बुँदे सत्य धर्म मुचुल्का गराएका थिए । जसलाई किरात समाज सुधारको पहिलो खुड्किलो मानिन्छ । आज लिम्बू सामुदायमा ‘सत्यधर्म मुचुल्का’ महत्वपूर्ण ‘गाइडलाइन’ बनेको छ । ७ बुँदे उक्त मुचुल्काले समाजलाई समानता, अहिंसा, मानवता र प्रकृतिपूजाको दिशामा मार्ग निर्दिष्ट गरेको छ ।

सरकारले २०६६ मंसिर १६ गते लिङ्देनलाई राष्ट्रिय विभूति घोषणा गरेको थियो । किरात धर्मावलम्बीहरूको मुन्धुमलाई लिखित रूपमा ल्याउन सुरुआत गरेका फाल्गुनन्दको जन्म १९४२ साल कात्तिक २५ गते इलामस्थित माङ्सेबुङ गाउँपालिका-२ इभाङस्थित चुम्चिनाम्बामा भएको थियो । उनको समाज सुधारमा महत्त्वपूर्ण योगदान रहेको छ ।

उनले लगभग ९ वर्ष ब्रिटिस गोर्खा सैनिकमा बिताएका फाल्गुनन्दले सैनिक जीवनबाट फर्किएपछि समाज सुधार र धार्मिक कार्यमा जीवन बिताएका थिए । उनको पहलमा पाँचथरको चोकमागुमा १९८८ सालमा गरिएको बृहत भेलाले ‘सत्यधर्म मुचुल्का’ नामक निर्णयमा छोरीचेलीलाई छोरा समान शिक्षा, अंश दिनुपर्ने, बलि प्रथा अन्त्य गर्नुपर्ने, आत्मनिर्भर बन्न स्वदेशी उत्पादनमा जोड दिइएको थियो । उनले समाज सुधारको लागि गरेको कार्यको सम्मान गर्दै सरकारले राष्ट्रिय विभूतिको रूपमा सम्मान गरेको थियो । उनको २००५ साल चैत २२ गते ६६ वर्षको उमेरमा पाँचथरको इम्बुङमा निधन भएको हो ।

यो पनि पढ्नुस्

प्रतिक्रिया दिनुहोस्