Logo
Logo

कुवेतमा नेपाली कामदारको माग



काठमाडौं । कुवेतस्थित एड्भान्स टेक्नीलोजी कम्पनी र त्यहाँका सरकारी स्वास्थ्य मन्त्रालयको सहकार्यमा एचए तथा पिसिएल गरेका नेपाली कामदार लिने भएको छ ।

विश्व नै कोरोना महामारीका कारण बैदेशिक रोजगारमा जाने काम ठप्प भएर निरासमा रहेका बेला ओमेगाले नेपालमै पहिलो पटक कुवेतको एड्भान्स टेक्नोलोजी कम्पनीमार्फत त्यहाँका सरकारी स्वास्थ्य संस्थामा नेपाली पुरुष तथा महिला नर्सहरुको डिमाण्ड ल्याएको हो ।

Beautiful Sunrise in Kuwait City

निकै कसरतपछि नेपालको इतिहासमा पहिलोपटक ७२९ जना महिला तथा पुरुष नर्स पेसाका लागि कामदारको डिमाण्ड ल्याउन सफलपछि आवश्यक छनौट प्रक्रियाका लागि तयारीमा रहेको ओमेगा इन्टरनेश्नल प्रा.लिका सञ्चालक राजकुमार राईले बताए ।

नेपाली अर्थतन्त्रको बलियो आधार बैदेशिक रोजगार बनिरहेको बेला ओमेगा इन्टरनेश्नल प्रा.लि.ले रोजगार प्रर्वद्धनको क्षेत्रम सहयोग पु¥याउँदै आइरहेको छ । वि.सं. २०६७/२०७८ सालमा विधिवत रुपमा स्थापना भएर हालसम्म आइपुग्दा २० हजारभन्दा बढी व्यक्तिलाई बैदेशिक रोजगार व्यवस्थापन गरेका छन् ।

यसअघि खाडी मूलुकमा एचए र पिसिएल नर्सलाई कामदारको रुपमा एक्सेप्ट नगरेको सुनाउँदै ओमेगाका सञ्चालक राईले कुवेतका एड्भान्स टेक्नोलोजी कम्पनी र स्वास्थ्यमन्त्रालयका प्रतिनिधिबीच बराम्बर बैठक बसी नेपालमा पिसिएल र एचए अध्ययनरत नेपाली महिला तथा पुरुष कामदारका लागि ठूलो संख्यामा काम गर्ने वातावरण सिर्जना गरेको बताए ।

स्वास्थ्य क्षेत्रको काममा आकर्षक तलब सुविधा रहेको र लाइसेन्सको लागि नेपालमै परिक्षा हुने भएकोले कुवेत पुगेर कुनै समस्या नआउने पनि बताए । कम्पनीले शत प्रतिशत सुरक्षित र सफलतापूर्वक बैदेशिक रोजगारमा महिला तथा पुरुष कामदारहरुलाई रोजगारको व्यवस्थापन गरिएको छ ।

स्थापना कालदेखि ओमेगा ईन्टरनेश्नल प्रा.लिबाट बैदेशिक रोजगारमा जान चहानेहरुका नेपाली कामदारहरुलाई आवश्यक मापदण्ड र प्रक्रियानुसार पठाउने भएकोले हालसम्म कुनै समस्यामा नपरेको सञ्चालकहरुको दाबी छ । हाल कुवेतका सरकारी स्वास्थ्य क्षेत्र लागि ७२९ जना कामदारको माग भएको हुँदा त्यसको व्यवस्थापनमा करिव २५ जना कर्मचारी तथा सञ्चालकहरु जुटिरहेका छन् ।

फ्रि –भिसासमेत रहेकोे उक्त डिमाण्डमा योग्य व्यक्तिहरुले आवश्यक कागजातसहित काठमाडौंको बसुन्धारास्थित कार्यालयमा सम्पर्क गर्न सकिने ओमेगाले जनखाएको छ ।

प्रतिक्रिया दिनुहोस्