Logo
Logo

ललितपुरमा युवतीद्वारा एकको अपहरण


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, २७ बैशाख । ललितपुरको इमाडोलमा एक युवतीले ६० वर्षिय बृद्धको अपहरण गरेकी छिन् । लेनदेनको विवादमा इमाडोलब स्ने कृष्ण चौडेलको अपहरण भएको हो ।
चौडेललाई उद्धार गरी प्रहरीले अपहरणमा संलग्न युवती अनिमा भुजेलसहित दुई जनालाई पक्राउ गरेको छ ।

सिन्धुली घर भई ढोलाहिटीमा फ्ल्याट व्यापार गर्दै आएकी अनिमालाई कृष्ण चौडेलले दिनुपर्ने ५ लाख रकम नदिएपछि अपरहण गरेकी थिइन् । इमाडोलबाट कृष्णलाई अपरहण गरेर अनिमाको टोलीले ढोलाहिटी पुर्याएपछि २ लाख फिरौती मागिएको प्रारम्भीक अनुसन्धाबाट खुलेको एसएसपी रबिन्द्र धानुकले बताए । कृष्णलाई अपहरण गरेपछि अनिमाले उनकी छोरीसँग फिरौती रकम मागेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्