Logo
Logo

वडासम्म संगठन विस्तारमा लाग्न निर्देशन



काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टीका तर्फबाट सरकारमा सहभागी मुख्यमन्त्री र मन्त्रीहरुलाई नैतिकता र आचरणमा रहेर काम गर्न निर्देशन दिएका छन् ।

शनिबारबाट ललितपुरको सानेपास्थित हेरिटेज गार्डेनमा सुरु भएको पार्टीको दोस्रो पूर्ण केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्रीसमेत अध्यक्ष नेपालले आफ्नो पार्टीका मुख्यमन्त्री र मन्त्रीहरुलाई निर्देशन दिँदै भने, ‘नैतिकता र आचरणमा रहेर जनता र देशप्रति समर्पित रहेर काम गर्नुस्, विवादस्पद काम गरेको सुन्न नपरोस् ।’

सोहीक्रममा उनले टोल र वडासम्म पार्टी संगठन विस्तार गर्नसमेत निर्देशन दिए । आगामी चैत महिनामा हुने स्थानीय तहको निर्वाचनमा सबै तहमा उम्मेदवारी दिने भन्दै अध्यक्ष नेपालले त्यसका लागि तयारी गर्न समेत नेता तथा कार्यकर्तालाई निर्देशन दिएका छन् ।
एकीकृत समाजवादीले ३३५ सदस्यीय केन्द्रीय कमिटीलाई पूर्णता दिएपछि शनिबार पहिलो बैठक बसेको हो ।

प्रतिक्रिया दिनुहोस्