काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ अस्वस्थ भएका छन् ।
स्वास्थ्यमा समस्या देखिएपछि प्रचण्डलाई चेकजाँचको लागि मेडिसिटी अस्पताल लगिएको उनको सचिवालयले जानकारी दिएको छ । सचिवालयको अनुसार अध्यक्ष प्रचण्डको रक्तचाप बढेको छ । स्वस्थ्य अवस्था सामान्य रहेको छ ।
प्रचण्ड शुक्रबार पार्टी केन्द्रीय कमिटीको भर्चुअल बैठकमा समेत सहभागी भएका थिएनन् ।











