Logo
Logo

१५ दिनमै काठमाडौं सुन्दर बन्ने


- दृष्टि न्युज/संवाददाता


काठमाडौं , २८ वैशाख ।

शकै केन्द्रीय राजधानी व्यवस्थित हुन नसकेर सरकारको आलोचना खेप्दै आएको काठमाडौ महानगरपालिकाले शहरी सौन्दर्यसंग सम्बन्धित निकायलाई डाकेर १५ दिनभित्र देखिने गरी काम गर्न निर्देशन दिएको छ ।

काठमाडौं महानगरपालिकाका प्रशासकीय प्रमुख एवं सचिव केदार न्यौपाने र काठमाडौंका प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्यले काम गर्न नसक्नुको कारण समेत माग गरेका छन् । हिजो शुक्रबार कामपा मुख्यालयमा बैठक बोलाएर सचिव न्यौपानेले १५ दिनभित्र राजधानीलाई सुन्दर देखिने गरी काम गर्न निर्देशन दिएका हुन्। डेढ दर्जन निकायका अधिकारीलाई चालु आर्थिक वर्षको बजेटको परिधिभित्र रहेर तत्काल काम गर्न कडा निर्देशन दिए।

सचिव न्यौपाने र प्रजिअ आचार्यले सबैलाई काम गर्न कडा निर्देशन दिएका थिए । आचार्यले कुनैपनि बहानामा काम गर्नबाट पछि नहट्न आग्रह गरे। कामपाले विभिन्न १७ एजेण्डामा छलफल गर्न डेढ दर्जन निकायका अधिकारीलाई बोलाएको थियो। सचिव न्यौपानेले कामपाभित्रको शहरी व्यवस्थापन र सौन्दर्यीकरण कायम गर्न निर्देशन दिएको जानकारी दिए। आजको नेपाल समाचारपत्र दैनिकमा समाचार छापिएको छ ।

कामपाले सडक बत्ती, उज्यालो काठमाडौ, प्लाष्टिक झोला नियन्त्रण, ट्राफिक बत्ती, सुरक्षा व्यवस्था, सडक बिस्तार, पेट्रोल पम्प व्यवस्थापन, हरियाली, करिडोर अण्डरपास निर्माण, टेलिफोन र केवल र बत्तीको खुला तार व्यवस्थापन, फोहोर व्यवस्थापन, खानेपानी पाइप व्यवस्थापन, धुलो तथा प्रदूषण नियन्त्रण,सम्पदा पुनर्निर्माण, व्यवस्थित वस्ती विकास लगायतका विषयमा छलफल गर्न अधिकारीलाई बोलाएको थियो।

प्रतिक्रिया दिनुहोस्