Logo
Logo

सक्रिय राजनीतिमा आउँदै झलक सुवेदी



काठमाडौं । राजनीतिक विश्लेशक झलक सुवेदी सक्रिय राजनीतिमा आउने भएका छन् । लामो समयदेखि राजनीतिक विश्लेषण गर्दै आएका लेखक सुवेदी नेकपा एमालेबाट राजनीतिमा आउन लागेका हुन् ।

उनी एमालेबाट राजनीति गर्ने भन्दै एमाले गण्डकी प्रदेश कमिटी बैठकमै सहभागी भएका छन् । बैठकमा सचिव पृथ्वीसुब्बा गुरुङ र स्थायी कमिटी सदस्य तथा प्रदेश संयोजक किरण गुरुङसँगै पनि सुवेदीले आसन गरेका थिए ।

सुवेदीले यसपटक १०औं राष्ट्रिय महाधिवेशनमा प्रतिनिधि बन्ने चाहना राखेको बताइएको छ । सुवेदी गत महिना सम्पन्न एमालेको विधान महाधिवेशनमा पनि उपस्थित भएका थिए ।

एमाले विभाजनपछि तत्कालीन नेकपा मालेमा लागेका सुवेदी पछिल्ला वर्षहरूमा स्वतन्त्र भूमिकामा थिए । उनले मालेबाट विद्यार्थी राजनीति गरेका थिए । पहिलो पहिलो संविधान सभा निर्वाचनपछि भने सुवेदी माओवादीसँग नजिक थिए ।

उनी वामपन्थी विचारधाराको नेपाली भाषामा प्रकाशित मासिक पत्रिका मुल्यांकनका पूर्व सम्पादक पनि हुन् ।

प्रतिक्रिया दिनुहोस्