Logo
Logo

ललितपुरमा पक्राउ परिन् अपहरणकारी युवती


- दृष्टि न्युज/संवाददाता


काठमाडौं , २८ वैशाख ।

ललितपुर प्रहरीले वृद्धलाई अपहरण गरी फिरौती माग्ने एक युवतीलाई पक्राउ गरेको छ।

प्रहरीका अनुसार सिन्धुली घर भई हाल ढोलाहिटी बस्ने अनिमा भुजेलले शुक्रबार बिहान इमाडोलका कृष्ण चौडेललाई अपहरण गरेकी थिइन्।

चिनजानका चौडेललाई भेट्न बोलाएर बिहान ६ तिर भुजेलले अपहरण गरी ढोलाहिटी ल्याएको र छोरीलाई फोन गरेर दुई लाख रूपैयाँ फिरौती मागेको प्रहरीले जनाएको छ। अनिमाको फोनपछि चौडेलकी छोरीले प्रहरीलाई खबर गरेकी थिइन्। खबर पाउनासाथ डिएसपी कपिल बोहोरा नेतृत्वको प्रहरी टोली उद्धारका लागि ढोलाहिटी गएको थियो।

उनीहरुबीच आर्थिक लेनदेनको कुरा नमिलेपछि अनिमाले कृष्णलाई अपहरण गरि बन्धक बनाएको प्रहरीले जनाएको छ ।अनुसन्धान अधिकारीका अनुसार भुजेलले चौडेललाई २ लाख रुपैयाँ ऋण दिएकी थिइन् । तर, ब्याज वापतको रकम दिन बाँकी थियो । रकम नदिएपछि भुजेलले उनलाई बन्धक बनाउने प्रयास गरेकी थिइन् ।चौडेल ३० हजार मात्र दिन बाँकी रहेको बताएका छन् भने भुजेलले ५० हजार बाँकी रहेको दाबी गरेकी छन् ।महानगरीय प्रहरी परिसर ललितपुर परिसरका प्रमुख (एसएसपी) रवीन्द्र धानुकका अनुसार अपहरण भएको सूचना पाएलगत्तै प्रहरीले चौडेलको उद्दार गरी अनिमालाई ढोलाहिटीबाट पक्राउ गरेको हो ।

दुई घन्टापछि चौडेलको सकुशल उद्धार गरिएको ललितपुर प्रहरीले जनाएको छ । अनिमासँगै दुई जना उनका साथीलाई पनि पक्राउ गरिएको छ। उनीहरूमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्