Logo
Logo

मुस्ताङमा हिमपहिरो, ९ जना घाइते



मुस्ताङ । मुस्ताङको कोबाङ क्षेत्रमा आइतबार हिमपहिरो गएको छ । मानापाथी हिमालबाट ठूलो हिमपहिरो खसेको मुस्ताङका प्रहरी प्रमुख डीएसपी रामकुमार दानीले जानकारी दिए ।

हिमपहिरो खसेपछि भागदौड हुँदा ९ जना घाइते भएको प्रहरीले जनाएको छ । मानापाथी हिमालको फेदी थासाङ गाउँपालिका–२ को जनआदर्श माविका शिक्षक र विद्यार्थी घाइते भएका हुन् ।

हिमपहिरोका कारण कति क्षति भन्ने पुष्टि भएको छैन । सो क्षेत्र जिल्ला सदरमुकामदेखि २५ किलोमिटरभन्दा टाढा पर्ने र प्रहरी टोली त्यसतर्फ पठाइएको डीएसपी दानीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्