Logo
Logo

एमालेका सांसद गुरुङले भने, ‘पार्टीमा बस्ने कि नबस्ने सोच्ने बेला आयो



काठमाडौं । नेकपा एमालेका तनहुँ क्षेत्र–१ को प्रदेशसभा १ बाट प्रत्यक्ष निर्वाचित सांसद रामबहादुर गुरूङले पार्टीमा बस्ने कि नबस्ने सोच्ने बेला आएको बताएका छन् ।

उनले नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशनका लागि जिल्ला प्रतिनिधिमा चयन नभएपछि असन्तुष्टि व्यक्त गरेका हुन् ।

सो क्षेत्रबाट एमालेका एक मात्र सांसदलाई पार्टीको महाधिवेशन प्रतिनिधि छनोट नगरेको भन्दै गुरूङले असन्तुष्टी पोखेका छन् ।

‘निर्वाचन भएको भए म एक नम्बरमा महाधिवेशन प्रतिनिधि बन्थेँ,’ गुरूङले भने, ‘सहमतिको कार्यदल बनाउनु नै गल्ती भयो, कार्यदलले जनमत र कार्यकर्ताको भावनाको अपमान गर्‍यो।’

प्रतिक्रिया दिनुहोस्