
काठमाडौं । नेपाल बार एशोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरासँग संवाद गर्नुको औचित्य नहुने जवाफ दिएको छ ।
प्रधानन्यायाधीशले कानुन व्यवसायीहरुलाई सम्वादमार्फत समाधान खोज्न विज्ञप्ति जारी गरेपछि बार एशोसियसनका पदाधिकारहरुले त्यसको जवाफ दिँदै राणासँग वार्ता गर्नुको औचित्य नहुने बताएको हो ।
बारको नेतृत्वमा कानुन व्यवसायीले सर्वोच्च अदालत परिसरमा धर्नामा बसिरहेका बेला राणाको विज्ञप्ति आएपछि कानुन व्यवसायीहरुले राणाको प्रस्तावमा विश्वास गर्न नसकिने जवाफ दिएका छन् ।
‘प्रधानन्यायाधीशज्यू, तपाईंको विज्ञप्ति हामीले पढ्यौँ, तपाईंसँग वार्ता गरेर न्यायालयको विकृति विसंगतिमा सुधार हुँदैन, त्यसैले हामी तपाईंसँग कुनै किसिमको वार्ता गर्न तयार छैनौँ, आजै राजीनामा दिएर निकास दिनुस्’, नेपाल बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठले भने ।
यो पनि पढ्नुहोस्












