
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतका ५ जना कर्मचारीको नाम १२औं तह (प्रमुख विशेषज्ञ) मा बढुवाका लागि सिफारिस भएको छ ।
सोमबार बसेको बढुवा समितिको बैठकले ५ जना कर्मचारीको नाम बढुवामा सिफारिस गरेको हो ।
बैठकले कार्य सम्पादन र दुर्गम बसेका आधारमा कर्मचारीलाई रिक्त रहेका तीन वटा पदका लागि सिफारिस गरेको हो ।
समितीले सिफारिस गरेको पहिलो नम्बरमा भेरी अस्पतालका पूर्व निर्देशक डा. श्यामसुन्दर यादव छन् । दोस्रो नम्बरमा बालरोग विशेषज्ञ डा. श्रीकृष्ण श्रेष्ठ छन् भने तेस्रो नम्बरमा स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखा प्रमुख डा. भीमसिंह तिंकरी छन् । चौथो नम्बरमा थापाथली प्रसूति गृहका निर्देशक डा. संगीता मिश्रा परेकी छन्। त्यसैगरी पाँचौं नम्बरमा स्वास्थ्य मन्त्रालय अन्तर्गत नीति योजना महाशाखाका प्रमुख डा. गुणराज लोहनी परेका छन् ।
समितिले सिफारिस गरेका नाम मन्त्रिपरिषदमा पठाइने छ । मन्त्रिपरिषदले पाँच जना मध्ये तीन जनालाई १२औं तहमा बढुवा गर्नेछ।














