Logo
Logo

एआइजी सिंह र डीआइजी पाठकले सफाइ पाउँदै



काठमाडौं । आर्थिक अनियमितताको आरोप लागेका एआइजी डा. आशा सिंह र डीआइजी डा. मीनराज पाठकले सफाइ पाउने भएका छन् ।

काठमाडौंको महाराजगञ्जस्थित नेपाल प्रहरी अस्पतालमा अनियमितता भएको र उक्त अनियमिततामा एआइजी सिंह र डीआइजी पाठक संलग्न रहेको भन्दै उजुरी परेपछि गठन गरिएको छानबिन समितिले अनियमितता नभएको निष्कर्ष निकालेसँगै दुबैले सफाइ पाउने भएका हुन् ।

अस्पतालमा वरिष्ठ अधिकृतहरूले अनियमितता गरेको उजुरी परेपछि गठन गरिएको प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) विश्वराज पोखरेल नेतृत्वको समितिले अनियमितता नदेखिएको निष्कर्ष निकालेसँगै सिंह र पाठकविरुद्ध लागेको आरोप पुष्टि हुन नसकेको हो ।

समितिले महानिरीक्षक शैलेश थापा क्षेत्रीसमक्ष आइतबार बुझाएको प्रतिवेदनमा अनियमितता पुष्टि नभएको उल्लेख छ ।

एआइजी सिंहलाई पुरानो मेसिन मर्मत नगरी नयाँ किनेको, कर्मचारीहरूलाई राम्ररी नराखेको, उपकरण किन्दा अनियमितता भएको आरोप लागेको थियो । उनी अस्पतालका प्रमुख हुन् । त्यसैगरी अस्पतालमै कार्यरत डीआइजी पाठकलाई पनि पनि अनियमिततामा संलग्न रहेको आरोप थियो ।

प्रतिक्रिया दिनुहोस्