Logo
Logo

प्रधानन्यायाधीशमाथि महाअभियोग लगाउन मागदेखि साइकलमा भ्रष्टाचारसम्म



हेडलाइन्स्

१. प्रदेश नम्बर २ को ‘मुख्यमन्त्री बेटी पढाउ, बेटी बचाउ’ अभियान अन्तर्गत वितरणका लागि साइकल खरिद गर्दा भ्रष्टाचार भएको अख्तियारको ठहर, प्रारम्भिक अनुसन्धान सकेर दोस्रो चरणमा विस्तृत अनुसन्धान गरिरहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबास कार्यालयका प्रमुख कृष्णप्रसाद सापकोटाको भनाइ, छुट्टै अनुसन्धान अधिकृत नियुक्त, विस्तृत अनुसन्धानपछि कर्मचारी तथा पदाधिकारीमाथि भ्रष्टाचारको मुद्दा दायर गरिने ।

२. आन्दोलनरत सर्वोच्च अदालतका न्यायाधीशहरूको समूहमै विभाजन, प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग गर्दै आएका न्यायाधीशहरू तेजबहादुर केसी, बमकुमार श्रेष्ठ, कुमार रेग्मी, मनोजकुमार शर्मा र कुमार चुडालद्वारा आन्दोलनरत न्यायाधीश नियमित काममा फर्कने, पाँच न्यायाधीशद्वारा नेपाल बार एसोसिएसनबीचको बैठक बहिष्कार, फुलकोर्टमा मात्र सहभागी हुने अडान, न्यायाधीशहरूको बहिष्कारपछि बैठक निष्कर्षविहीन ।

३. स्थानीय तहमा भ्रष्टाचार बढेको अख्तियार दुरूपयोग अनुसन्धान आयोगको ठहर, गत आर्थिक वर्षमा संघीय मामिलामा ३२.७२ प्रतिशत, शिक्षामा १५.६१, भूमि प्रशासनमा ९.०९, वन तथा वातावरणमा ५.०१, स्वास्थ्य तथा जनसंख्यामा ३.९३, भौतिक पूर्वाधार तथा यातायातमा ३.७६, गृह प्रशासनमा ३.४७, ऊर्जा, जलस्रोत तथा सिँचाइमा ३.०९, अर्थमा २.०९ भ्रष्टाचार, नक्कली शैक्षिक प्रमाणपत्रमा ५.६१ र गैरकानुनी सम्पत्ति आर्जनमा ३.३८ प्रतिशत उजुरी ।

४. कांग्रेसले १४औँ महाधिवेशनमा नीति र कार्यक्रमलाई थाँती राखेर नेतृत्व मात्रै चयन गर्दै, सभापति शेरबहादुर देउवाको संयोजकत्वमा मूल तयारी समिति गठन, अर्थ संकलनमा ज्ञानेन्द्रबहादुर कार्की, भोजन तथा आवास व्यवस्थापनमा सुरेन्द्रराज पाण्डे, विदेशी पाहुना स्वागत तथा व्यवस्थापनमा प्रकाशशरण महत, प्रचारप्रसार समितिमा प्रवक्ता विश्वप्रकाश शर्मा, क्रियाशील सदस्यताको विवाद समाधान नभएको भन्दै वरिष्ठ नेता रामचन्द्र पौडेल असन्तुष्ट, क्रियाशील सदस्यताको विवाद समाधान गरेर मात्र अधिवेशन गर्नुपर्ने धारणा ।

५.प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरामाथि महाअभियोग लगाउन पूर्व न्यायाधीश फोरम नेपालको माग, प्रधानन्यायाधीशले मन्त्रिपरिषद्मा हिस्सा खोज्नेदेखि न्यायाधीशहरुको आचारसंहिता उल्लंघन गर्ने गम्भीर घटनामा मुछिएकाले उनीविरुद्ध महाअभियोग लगाउने पर्याप्त आधार रहेको दावी, जबराले न्यायपालिकाको अभिन्न अंग बारको विश्वास गुमाएको धारणा, जबराको बहिर्गमन नै न्यायालयको हितमा भएको भनाइ ।
६. नेकपा (एकीकृत समाजवादी) प्रदेश २ सरकार सहभागी हुने, मुख्यमन्त्री लालबाबु राउत मन्त्रिपरिषद् विस्तारको गृहकार्यमा, मुख्यमन्त्री राउतद्वारा एक मन्त्री र एक राज्यमन्त्रीसँग राजीनामा दिएर सहयोग गर्न आग्रह, तत्कालका लागि एकीकृत समाजवादीलाई मात्रै सहभागी गराउन केही मन्त्रीलाई फिर्ता बोलाउने तयारी ।

७. धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अङ्कले बढ्यो, नेप्से परिसूचक २६.४४ अङ्कले उकालो लागेर दुई हजार ७१५.३५ मा पुग्यो, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स ४.१० अङ्कले उकालो लागेर ५०६.५४ कायम, कूल २२८ कम्पनीको ८६ लाख ३६ हजार ६३६ कित्ता शेयर चार अर्ब ७३ करोड ४६ लाख ५१ हजार ४४४ रुपैयाँमा खरिद बिक्री, १३ वटै उपसमूहको शेयर उकालो लाग्यो ।


८. प्रदेश १ मा सत्तारुढ दलले गठन गर्यो उच्चस्तरीय राजनीतिक संयन्त्र, राजनीतिक संयन्त्रको संयोजकमा कांग्रेस संसदीय दलका नेता राजीव कोइराला, सदस्यमा माओवादी केन्द्रका सांसद रमण शर्मा, नेकपा (एकीकृत समाजवादी)का सांसद राजन राई, जनता समाजवादी (जसपा)का रामचन्द्र तुम्बा र अशोक चेम्जोङ, कांग्रेस सांसद शेखरचन्द्र थापाको नेतृत्वमा साझा कार्यक्रम तय गर्न कार्यदल समेत गठन ।


९.नेपाल क्रिकेट संघ (क्यान)ले राष्ट्रिय क्रिकेट टिमका कप्तान ज्ञानेन्द्र मल्ल, उपकप्तान दीपेन्द्रसिंह ऐरी, अलराउन्डर सोमपाल कामी र तीव्र गतिका बलर कमलसिंह ऐरीलाई स्पष्टीकरण सोध्यो, प्रकाश दाहाल स्मृति दोश्रो पुरुष तथा महिला राष्ट्रिय बक्सिङ प्रतियोगिताको पुरुष ६० केजीमा नक्सालका विजय थापा विजयी, न्युजिल्यान्डलाई ८ विकेटले हराउँदै अष्ट्रेलियाले जित्यो टी–ट्वान्टी विश्वकप क्रिकेटको उपाधि ।


१०. कोरोना भाइरसको सङ्क्रमण रोकथामका लागि अस्ट्रियामा लकडाउन घोषणा, खोप नलगाएका व्यक्तिले आधारभूत गतिविधि बाहेक अन्य कामका लागि घर छोड्न नपाउने, सोमालियामा खाद्य संंकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने, रुसले १० बिलियन डलरभन्दा बढीको हतियार निर्यात गर्ने ।

प्रतिक्रिया दिनुहोस्