Logo
Logo

प्रदेश १ का मुख्यमन्त्री राईले आज विश्वासको मत लिंदै


7.3k
Shares

काठमाडौं । प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले आज (मंगलबार) विश्वासको मत लिँदैछन् । दिउँसो १२ः ३० बजे प्रदेशसभाको बैठकपछि उनले विश्वासको मत लिने भएका छन् ।

प्रदेशसभा नियमावली अनुसार मुख्यमन्त्री भएको सदनबाट विश्वासको मत लिन चाहेको सूचना छलफल हुनुभन्दा दुई दिनअघि संसद् सचिवालयमा दर्ता गर्नुपर्ने प्रावधान छ । सो अनुरुप उनले आइतबार चाहिएको सूचना प्रदेशभामा दर्ता गराएका थिए ।

तत्कालीन मुख्यमन्त्री भीम आचार्यले पदबाट राजीनामा दिएपछि नेकपा एकीकृत समाजवादीका संसदीय दलका नेता राईको नेतृत्वमा कात्तिक १६ मा नयाँ प्रदेश सरकार बनेको थियो ।

संवैधानिक व्यवस्था अनुसार मुख्यमन्त्री बनेको ३० दिन भित्रमा विस्बासको मत लिनुपर्ने प्रबधान भएपनी राईले मन्त्रीमणल बिस्तार गर्नुपर्ने चुनौती रहेकाले सो भन्दा अगाडि नै विस्वासको मत लिने भएका हुन् ।

राई पाँच दलीय गठबन्धन अन्तर्गत नेकपा एकीकृत समाजवादी, नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका ५० जना सांसदको समर्थनमा मुख्यमन्त्री बनेका हुन् ।

संसदीय अंकगणित
पाँच दलीय सत्ता गठबन्धनमा ५० सांसद छन् । ९३ सदस्सीय प्रदेशसभामा हाल कायम संख्या ९२ छ । गठबन्धनमा काँग्रेसका २१, माओवादी केन्द्रका १५, नेकपा एकीकृत समाजवादीका १०, जसपाका ३ र संघीय लोकतान्त्रिक मन्चका १ गरी ५० सांसद छन् ।

एमालेसँग ४१ जना सांसद छन् । एक जना सभामुख र एक जना फरार सांसद गुलेफुन खातुन घटाउँदा उसको मत संख्या ३९ मात्रै हुन्छ । त्यसैले सत्ता मुख्यमन्त्री राईको नेतृत्वको सरकारले सजिलै विश्वासको मत पाउने अवस्था छ ।

प्रतिक्रिया दिनुहोस्