Logo
Logo

जन निर्वाचित राष्ट्रपति प्रणालीमा मुलुक जानुपर्छ : उपेन्द्र यादब


फिपराज बेघा


मोरङ । जनता समाजबादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादबले जननिर्वाचित कार्यकारिणी राष्ट्रपति प्रणालीमा मुलुक जानुपर्ने बताएका छन् । सोमबार बेलबारी, मोरङमा आयोजित जनजागरण तथा पार्टी प्रवेश कार्यक्रममा बोल्दै उनले संविधानमा विकृतिमूलक ससदीय व्यवस्था रहेकाले जन निर्वाचित राष्ट्रपति प्रणालीमा मुलुक जानुपर्नेमा जोड दिएका हुन् ।

‘विकृतिमूलक ससदीय व्यवस्था छ । यसले न राजनीति स्थिरता दिन सक्यो, न लोकतन्त्रलाई सस्थागत गर्न सक्यो न मुलुकको राष्ट्रिय एकता गरेर मुलुकलाई समृद्धितर्फ लान सक्यो ’ उनले भने । संसदमा खरिद बिक्री भएको उनको भनाई छ ।

‘राजनीति स्थिरता, गणतन्त्रलाई बलियो बनाउन र राष्ट्रिय एकतालाई दरो बनाउन जनताद्वारा निर्वाचित कार्यकारिणी रास्ट्रपति प्रणालीमा मुलुक जानुपर्छ’ उनले भने । राष्ट्रपति प्रणालीमा ससदबाट सरकार नबनाउने र राष्ट्रपतिले सरकार बनाउने भएकोले राजनीति अस्तिरताको अन्त्य हुने उनको भनाई छ ।

पुर्ब उपप्रधानमन्त्री समेत रहेका यादवले संसददको बनावट पुर्ण समानुपातिक हुनुपर्नेमा समेत जिकिर गरे । अहिलेको निर्वाचन प्रणाली अत्यधिक महङ्गो रहेको बताउदै उनले पुर्ण समानुपातिक प्रणालीको माग पार्टीले अघि सारेको बताए । ७१ देशहरूमा पुर्ण समानुपातिक निर्वाचन प्रणाली अपनाएको बताउँदै उनले पुर्ण समानुपातिक निर्वाचनमा उम्मेदवार र पार्टीको खर्च नहुने र सक्षम योग्य उम्मेदवार जितेर जाने बताए ।

उनले ७ प्रदेशलाई प्रशासनिक प्रदेशको संज्ञा दिँदै सो प्रदेशहरुमा पहिचान र सामर्थ्य नभेटिने दाबी पनि गरे । ‘केन्द्रमा साझा, प्रदेश/प्रदेशमा स्वायत्त र अधिकार सम्पन्न हुन्छ । यो संघीयताको सिद्धान्तलाई लात मारेर जिल्ला जिल्ला जोडिएर प्रशासनिक प्रदेश बनाइयो । यहाँ न सामर्थ्य छ न पहिचानको आधार’ उनले भने ।

संविधानमा संघीयता त्रुटिपूर्ण रहेकोले ७ प्रदेशलाई सच्चाएर १० प्रदेश बनाउनुपर्ने नेता यादवको धारणा छ । पहिचान समेटिने प्रदेशहरु अधिकार सम्पन्न हुने अवस्था सिर्जना गर्नु पर्ने उनको भनाई छ ।

यस्तै कार्यक्रममा प्रदेश नं १ का सामाजिक विकास मन्त्री जयराम यादवले आफूहरूले पाएको छोटो समयमा पनि धेरै काम गरेर देखाउने बताए । जसपा नेपालका केन्द्रीय सदस्यसमेत रहेका रहेका मन्त्री यादवले आफ्नो पार्टीको नेतृत्वको प्रदेश नं २ को सरकारले पूर्ण कार्यकाल पूरा गर्न लागेकोले वैकल्पिक पार्टीको नेतृत्वमा रहेको सरकारले नै स्थिरता दिन सक्ने कुराको प्रमाणित भइसकेको पनि बताए ।

प्रतिक्रिया दिनुहोस्