Logo
Logo

बाइडेन र सी जिन पिङबीच वार्ता



काठमाण्डौं । अमेरिकी राष्ट्रपति जो बाइडेन र चिनियाँ राष्ट्रपति सी जिन पिङबीच वार्ता भएको छ । भर्चुअल मार्फत बिहान भएको वार्तामा चिनियाँ राष्ट्रपतिले चीन अमेरिकासँग सुमधुर सम्बन्ध बनाएर अघि बढ्न चाहेको बताए ।

बीबीसीलेका अनुसार बाइडेनले मानवअधिकार र इन्डो प्यासिफिक क्षेत्रको मुद्दा उठाएको उल्लेख गरेको छ । वार्तामा चिनियाँ राष्ट्रपति सीले दुई देशले एक अर्काको सम्मान गरेमा मात्रै सम्बन्ध मजबुत हुने बताए ।

दुई देशले संवाद जारी राख्नुपर्ने र मिलेर चुनौतीको समाधान गर्नुपर्ने चिनियाँ राष्ट्रपतिको भनाइ छ। वार्तामा अमेरिकी राष्ट्रपति बाइडेनले चिनियाँ राष्ट्रपतिसँग इमानदारी र स्पष्टताका साथ वार्ता भएको भन्दै सम्बन्धलाई सकारात्मक बनाउने विषयमा दुवै एकमत रहेको बताएका थिए ।

ताइवानको विषयलाई लिएर पछिल्लो समय चीन र अमेरिकाबीच तनाव बढेको छ । तर बेलायतमा भएको कोप(२६ सम्मेलनमा आश्चर्यजनक रुपमा दुई देशबीच सहमति भएको थियो । आज भएको वार्तामा बाइडेन र सी बीच केही समय हाँसो मजाक पनि भएको समाचार संस्था रोयटर्सले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्