Logo
Logo

ओलीको स्वीचले मन्त्री हैरान



काठमाडौं । नेकपा (एकीकृत समाजवादी)को दोस्रो केन्द्रीय कमिटीको बैठक अस्ति आइतबार हेरिटेज गार्डेन सानेपामा सम्पन्न भयो ।

केन्द्रीय कमिटी बैठकको दोस्रो दिन आइतबार समाजवादी पार्टीबाट सरकारमा सहभागी मन्त्रीहरुले आ–आफ्नो मन्त्रालयको गतिविधि ‘ब्रिफ्रिङ’ गर्ने कार्यक्रम थियो । त्यसै क्रममा स्वास्थ्यमन्त्री विरोध खतिवडाले आफ्नो मन्त्रालयको ब्रिफिङ गर्ने क्रममा ओलीको ‘स्वीच’ले म हैरान भएँ भनेर दुःखेसो पोखे ।

मन्त्री खतिवडाले भने– २०७७ मंसिर १५ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले ३०९ पालिका र ३९६ स्थानीय तहमा आधारभूत स्वास्थ्य चौकीको बालुवाटारबाट ‘स्वीच’ थिचेर शिलान्यास गरेका थिए । उक्त कुराको देशैभरि स्वागत पनि भयो । तर, अहिले म त्यो ‘स्वीच’का कारण हैरान भएको छु ।

मन्त्री खतिवडाले आफ्नो पीडा पोख्दै भने– ‘ती स्वास्थ्य चौकीको न डिपिआर छ, न कहाँ बनाउने भन्ने जग्गाको ठेगान, हावाको भरमा ‘स्वीच’ थिचेर स्वास्थ्य चौकी शिलायान्स गरेपछि दिनहुँ बजेट माग्नेको संख्या बढ्दो छ ।

मैले स्थानीय निकाय र पालिकाका साथीहरुलाई स्वास्थ्य चौकी बनाउन डिपिआर, जग्गाको लालपुर्जा लिएर आउनुस् म बजेटको व्यवस्था गरौंला भनेर आश्वासन दिने गरेको छु । तर, ती जनप्रतिनिधिहरुले जग्गा खरिद गर्न पनि मन्त्रालयबाट बजेट माग्ने गरेका छन् । क्या फसाद परेको छु ।

त्यतिबेला ओलीले हावादारी भाषणको भरमा विभिन्न आयोजनाहरुको शिलान्यास गरेका कारण म मात्र होइन, अन्य मन्त्रीहरु प्नि समस्यामा परेका छन् भन्दै मन्त्री खतिवडाले अहिले आफ्नो सम्पूर्ण ध्यान कोरोना खोपमा केन्द्रित भएको छ । यदि, साथीहरुले पालिकामा स्वास्थ्य चौकी स्थापना गर्न डिपिआर र जग्गाको लालपुर्जा ल्याउँछन् भने भवन निर्माण गर्न चालिस लाखसम्म दिने बताए ।

तत्कालीन प्रधानमन्त्री ओलीले ५ देखि १५ शैयाको अस्पताल निर्माण गर्न ५७ अर्ब ९७ करोड बजेट छुट्याएका थिए ।

प्रतिक्रिया दिनुहोस्