Logo
Logo

अमेरिकी सहायकमन्त्री लु आज नेपाल आउँने


819
Shares

काठमाडौं । दक्षिण तथा मध्य एसियाली मामिला हेर्ने अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु आज नेपाल भ्रमणमा आउँने भएका छन् ।सहायक विदेशमन्त्री लु मालदिभ्सको राजधानी माले हुँदै आज नेपाल आउने भएको अमेरिकी स्टेट डिपार्टमेन्टले जनाएको छ ।

नेपाल भ्रमणका क्रममा उनले प्रधानमन्त्री शेरबहादुर देउवालगायत विभिन्न दलका नेताहरूलाई भेट्ने कार्यक्रम छ । भेटमा नेपालमा सञ्चालित अमेरिकी परियोजनाहरूबारे द्विपक्षीय छलफल हुने अमेरिकी स्टेट डिपार्टमेन्टले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्