Logo
Logo
कांग्रेसको १४औँ महाधिवेशन

जनसम्पर्क समिति जर्मनीको सभापतिमा पौडेलको दावी



काठमाडौं । नेपाली कांग्रेस जनसम्पर्क समिति जर्मनीको सभापति पदमा दयाराम पौडेलले उम्मेदवारी घोषणा गरेका छन् । कांग्रेसको १४औंँ महाधिवेन अन्तर्गत अधिवेशनमा यसअघि जनसम्पर्क समिति युरोपको कोषाध्यक्ष रहिसकेका पौडेलले उम्मेदवारी घोषणा गर्दै आफ्नो जीत सनिश्चित रहेको समेत दावी गरेका छन् ।

झण्डै तीन दशकदेखि जर्मनीमा बसेर प्रजातान्त्रिक राजनीतिमा सक्रिय पौडेलले भने, ‘जीत सुनिश्चित देखेरै सभापतिमा उम्मेदवारी दिएको हुँ ।’ उनले आफ्नो प्रतिस्पर्धी नभएकाले आफू निर्विरोध हुने सम्भावना रहेको समेत बताए ।

पौडेलले भने, ‘आपसी सहमतिमा पनि सम्भव छ, तैपनि प्रजातान्त्रिक तरिकाले निर्र्वाचन प्रक्रियाबाटै नेतृत्व चयन गरौँ भन्ने विषयमा छलफल भइरहेको छ ।’ उनका अनुसार जर्मनीमा १५ सयदेखि दुई हजारको हाराहारी कांग्रेससँग आस्था राख्ने नेपाली रहेका छन् । उनीहरु अधिकांशको मत आफूलाई रहेको उनको दावी छ ।

एनआरएनए जर्मनीका निवर्तमान प्रमुख सल्लाहकार लव थापाले पनि यस पटक जनसम्पर्क समिति जर्मनीको सभापति पदका लागि पौडेलको विकल्प नरहेको बताए ।

जनसम्पर्क समिति जर्मनीका निवर्तमान बरिष्ठ उपाध्यक्ष सुर्य तिवारी, निवर्तमान महामन्त्री टंक लम्साल, एनआरएनए जर्मनीका नवनिर्वाचित आईसीसी सदस्य शंकर डाँगीले पनि सोही कुरालाई सहमति जनाउँदै सभापतिका पौडेलका प्रत्यासी अरु नभएको बताए ।

डाँगी भने ‘सभापतिका प्रत्यासी पौडेलको संगठन प्रतिको योग्दान, इमान्दरिता र निष्ठाका कारण उहाँलाई सर्वसम्मत घोषणा गर्ने तयारीमा सबै जना जुटेको बताए । चुनावी सरगर्मी बढेपनि अधिवेशनको मिति भने तय भइनसकेको छैन । तर, महाधिवेशन अघि अधिवेशन गरिसक्नुपर्ने बाध्यता रहेकाले केही दिनमै मिति तय पौडेलको भनाइ छ ।

कांग्रेसले मंसिर १६ र १७ मा सातै प्रदेशमा अधिवेशन र मंसिर २१ मा मनोनयन गरी मंसिर २४ देखि २६ सम्म १४औं महाधिवेशन गर्ने तयारी गरेको छ । कांग्रेसले देशका अधिकांश वडा, पालिका स्तरको अधिवेशन सम्पन्न गरिसकेको छ । केही जिल्लामा भने विवादका कारण अधिवेशन हुन सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्