Logo
Logo

अर्मेनिया र अजरबैजानबीचको युद्ध अन्त्य



काठमाण्डौं । अर्मेनिया र अजरबैजानबीच युद्ध अन्त्य गर्ने सहमति जुटेको छ । रुसको मध्यस्थतामा दुई देशबीचमा युद्ध अन्त्य गर्ने गर्ने सहमती भएको हो ।

सम्झौता अनुसार सीमा क्षेत्रमा हुँदै आएको युद्ध अन्त्य भएको अर्मेनियाको रक्षा मन्त्रालयले जनाएको छ । सुरक्षा कारबाही रोक्ने सम्झौतामा रुस, अजरबैजान र अर्मेनियाका उच्च अधिकारीले सहमति जनाएका थिए ।

यो सम्झौतापछि अर्मेनियाको पूर्वी सीमा क्षेत्रको अवस्था सामान्य बन्दै गएको छ । सहमति हुनुअगाडि भएको पछिल्लो भिडन्तका क्रममा अर्मेनियाका एक सैनिकको ज्यान गएको थियो । विवाद साम्य हुँदै फेरि बल्झिने गरेको छ । सीमा क्षेत्रको भूमिलाई लिएर दुई देशबीचमा लामो समयदेखि द्वन्द्व थियो

प्रतिक्रिया दिनुहोस्