Logo
Logo

क्यानडाको ब्रिटिश र कोलम्बियामा सङ्कटकाल घोषणा



काठमाडौं । क्यानडाको पश्चिमी प्रान्त ब्रिटिश कोलम्बियामा सङ्कटकाल घोषणा गरिएको छ। ठूलो तुफानपछि सडक र रेल सञ्जालमा अवरोध उत्पन्न हुँदा सङ्कटकाल घोषण गरेको हो ।

बिबिसीका अनुसार सो स्थानमा विपद्‌बाट प्रभावित सो क्षेत्रका बासिन्दाको सहायताका लागि क्यानडाको फौजका कैयौँ जवान र अधिकृतहरू खटिएका छन्। त्यहाँ आइतवार राति ठूलो तुफान आएको थियो। त्यसबाट हजारौँ मानिसहरू प्रभावित भएका छिन्।

बिबिसीका अनसुार प्रधानमन्त्री जस्टिन ट्रुडोले राहत दिने प्रतिबद्धता जनाएका छन्। उनले सेनाले पुनर्निर्माणका लागि सहयोग गर्ने बताए। पहिरोमा परेर एक जना महिलाको ज्यान गएको छ भने दुई जना हराइरहेका छन्। उक्त क्षेत्रबाट कैयौँ मानिसहरूलाई सुरक्षित स्थलमा सारिएको छ।

प्रतिक्रिया दिनुहोस्