Logo
Logo

मन्त्री छान्न कर्णालीमा माओवादीको बैठक बस्दै



काठमाडौं । कर्णाली प्रदेशमा नेकपा माओवादी केन्द्र संसदीय दलको आज वैठक बस्दैछ । कर्णाली प्रदेशका माओवादी नेता रामदिप आचार्यका अनुसार बैठक आज ११ बजे बस्ने भएको हो ।

आजको बैठकमा पार्टीबाट कसलाई मन्त्री बनाउने भन्नेबारे छलफल हुने उनको भनाई छ ।

स्रोतका अनुसार आज बस्ने बैठकले चार जना मन्त्री छान्ने तयारी गरिएको छ । मन्त्री हुने सम्भावित नामहरुमा विन्दमान विष्ट (सुर्खेत), कृष्णा शाह (जाजरकोट), वीरबहादुर शाही (डोल्पा) र रातो कामी (रुकुम पश्चिम) रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्