
काठमाडौं । शिक्षा विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेल आज स्वदेश फिर्ता भएका छन् ।
युनेस्कोको ४१ औं महासभामा भाग लिन नोभेम्बर १० तारिक फ्रान्सको राजधानी पेरिस गएका मन्त्री पौडेल बिहीबार बिहान स्वदेश फर्किएका हुन् ।
उनी फ्रान्स बसाइका क्रममा नेपाली समुदायले आयोजना गरेका अन्य केही कार्यक्रममा पनि सहभागी भएका थिए ।












