काठमाडौं । नेपाली कांग्रेस जिल्ला कार्या समिति बैतडीको १४ औं जिल्ला अधिशेन गर्न विद्यालय भवन प्रयोग हुने भएको छ । जिल्ला कार्य समिति बैतडीको १४औं जिल्ला अधिवेशन गर्न बीरेन्द्र माबी शाही लेकको विद्यालय भवन प्रयोग हुने भएको हो ।
कांग्रेसले यही मंसिर ५ देखि ७ गतेसम्म जिल्ला अधिवेशन गर्नका लागि विद्यालय भवनको प्रयोग गरिन लागेको हो । त्यस अवधिमा विद्यालयमा बिदा दिई भवन तथा त्यहाँ रहेका फर्निचरहरु प्रयोग गर्नका लागि दशरथचन्द नगरपालिकाका नगर प्रमुख नरेन्द्र सिंह थापाले विद्यालयका नाममा पत्राचार गरेका छन् ।
नगर प्रमुख थापाले स्थानीय बिदाबाट कट्टी गर्नेगरी तीन दिन विदा दिइ सहयोग गर्न पत्रमार्फत अनुरोध गरेका छन् ।
हेर्नुस् पत्र