Logo
Logo

स्वास्थ्य राज्यमन्त्री खापुङको निर्देशनमा दुई चिकित्सक नियुक्त



तेह्रथुम । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री भवानीप्रसाद खापुङले जिल्ला अस्पताल तेह्रथुममा २ डाक्टर करारमा नियुक्त गरेका छन् ।
अजशक्तिको अभावमा जिल्ला अस्पताल एक डाक्टरको भरमा जिल्ला अस्पताल तेह्रथुममा संचालन भइरहेको थियो ।

केही महिनादेखि अस्पतालमा कार्यरत डाक्टरहरुको करार अवधि सकिएर जिल्ला अस्पतालमा जनशक्ति अभाव भएको थियो । राज्यमन्त्री खापुङले सो जानकारी पाएपछि तत्काल नियुक्तिका लागि प्रकिया अगाडी बढाएका थिए ।

सो पछि राज्यमन्त्री खापुङले जिल्ला भ्रमणका क्रममा जिल्ला अस्पतालका कर्मचारीहरुले करार अवधि सकिएको र केहि डाक्टरहरु अध्ययन बिदामामा रहेकाले विरामीहरुको उपचारमा समस्या भएको बताइएको थियो ।

मन्त्रीको निर्देशनपछि प्रदेश सरकार मार्फत थप दुई जना डाक्टर नियुक्ति गरेको खापुङका प्रेस सल्लाहकार भगिश्वर लिम्बूले बताए । नयाँ नियुक्ति भएका डाक्टरलेहरुले सेवा बिहिबारबाट सेवा सुचारु गरिसकेको जिल्ला अस्पतालका मेडिकल सुपरीटेण्डेण्ट अनुपम घिमिरेले बताए ।

यस्तै जिल्ला अस्पताल तेह्रथुमका लागि अब थप एमडी र एमडिजिपी डाक्टर व्यवस्था गर्नका लागि पहल भइरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । अबको २ हप्ता भित्र माग अनुसारको जनशक्ति पठाउने प्रतिबद्धता भएको राज्यमन्त्री खापुङले बताए ।

यसैगरी जिल्ला अस्पतालमा सञ्चालनमा रहेको निकसाईमन परियोजनाको बारेमा समेत निर्र्देशकसँगसंग छलफल भइरहेको खापुङको सचिवालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्