Logo
Logo

‘प्रधानन्यायाधीशलाई साथ दिनेहरु पनि डुब्छन्’



काडमाडौं । सर्वाेच्च अदालत बार एसोसिएसन अध्यक्ष पूर्णमान शाक्यले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई बल पुग्नेगरी कुनै पनि कार्य नगर्न न्यायाधीशहरूलाई आग्रह गरेका छन् । बिहीबार दिउँसो साढे १ बजे बस्न लागेको फुलकोर्ट बैठकमा न्यायाधीशहरू सहभागी हुन लागेपछि शाक्यले यस्तो आग्रह गरेका हुन् ।

शाक्यले भने, ‘न्यायाधीशबाट जबरालाई बल पुग्ने कुनै कदम चालेमा स्वीकार्य हुनेछैन ।’ उनले प्रधानन्यायाधीशलाई ‘डुब्दै गएको घाम’को संज्ञा दिँदै भने, ‘उहाँलाई साथ दिने पनि डुब्छन् ।’ प्रधानन्यायधीश जबराले गोला लिने र सुनुवाइ गर्ने काम भए आपत्तिजनक हुने उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्