Logo
Logo

छुट्टाछुट्टै सवारी दुर्घटनामा ७ जनाको मृत्यु


756
Shares

काठमाडौं । जुम्ला, चन्दननाथ नगरपालिका–४ स्थित सडकमा क.१ ह ३११४ नम्बरको अटो आफैँ अनियन्त्रित भई सडकबाट करिब १० मिटर तल खसेर बुधबार दिउँसो दुर्घटना हुँदा अटोमा सवार कैलाली टिकापुर नगरपालिका–१ बस्ने ३५ वर्षीया अनिता चौधरीको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएकी उनको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा उपचारको क्रममा मृत्यु भएको हो । साथै, दुर्घटनामा घाइते भएका अटोमा सवार एक जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । अटो चालकलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

यस्तै, सप्तरीको शम्भुनाथ नगरपालिका–५ मोहनपुरस्थित सडकमा रोकी राखेको ना.५ ख ८०१० नम्बरको बसमा प्र.२–०१–००१ प २९७१ नम्बरको मोटरसाइकल ठोक्किएर बुधबार राति दुर्घटना हुँदा मोटरसाइकल चालक डाक्नेश्वरी नगरपालिका–१ कविलासा बस्ने २८ वर्षीय भुपेन्द्र चौधरीको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको गजेन्द्र नारायण सिंह अस्पताल राजविराजमा उपचारको क्रममा मृत्यु भएको हो । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यस्तै, महोत्तरीको पिपरा गाउँपालिका–३ शिवचोकस्थित सडकमा प्रदेश २–०२–००३ प.१६५० नम्बरको मोटरसाइकल र ज.८ प.४८१९ नम्बरको मोटरसाइकल एक–आपसमा ठोक्किएर बुधबार साँझ दुर्घटना हुँदा प्रदेश २–०२–००३ प.१६५० नम्बरको मोटरसाइकलमा सवार मठिहानी नगरपालिका–१ धिरापुर बस्ने ४० वर्षीय महेश्वर साहको मृत्यु भएको छ ।

प्रहरीका अनुसार दुर्घटनामा गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल जनकपुरमा उपचारको क्रममा मृत्यु भएको हो । साथै, दुर्घटनामा घाइते भएका दुवै मोटरसाइकल चालकको रामजानकी हस्पिटलमा उपचार भइरहेको छ ।

सुनसरीको धरान उपमहानगरपालिका–८ सेउतीस्थित सडकमा को.१ ब २४३८ नम्बरको मोटरसाइकल अनियन्त्रित भइ दुर्घटना हुँदा मोटरसाइकल चालक हाल वतन नखुलेका ३९ वर्षीय सन्तोष बस्नेतको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको धरान घोपामा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

यसतै, कैलालीको कैलारी गाउँपालिका–१ हसुलियास्थित सडकमा ग.७ प.३३८० नम्बरको मोटरसाइकल र डल्लब गाडी एक–आपसमा ठोक्किएर बुधबार राति दुर्घटना हुँदा मोटरसाइकलमा सवार सोही ठाउँ बस्ने २५ वर्षीय सोलोचन महतोको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारको लागि सेती प्रादेशिक अस्पताल धनगढीतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । दुवै सवारी साधन र डल्लब चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यस्तै, दाङ, बंगलाचुली गाउँपालिका–५ दमदमेछेडास्थित बंगलाचुली भ्यूटावर जाने बाटो जेसिबिले मर्मत गर्ने क्रममा जमिन भासिएर जेसिबि करिब २ सय मिटर तल खसेर दुर्घटना हुँदा चालक घोराही उपमहानगरपालिका–१० नारायणपुर बस्ने २२ वर्षीय सुनिल सुनारको घटनास्थलमै मृत्यु भएको छ ।

उता सर्लाहीको बरहथवा नगरपालिका–९ मुर्तिया कुशुमचोकस्थित सडकमा ना.४ ख ७५२२ नम्बरको बसको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ५५ वर्षीय राम बहादुर गुरुङको बिहीबार बिहान मृत्यु भएको छ ।

ठक्करबाट गम्भीर घाइते भएका उनको नमुना अस्पताल हरिवन हुँदै थप उपचारको लागि वीरगंजतर्फ लैजाने क्रममा बाटोमै मृत्यु प्रहरीले जनाएको छ । । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्