Logo
Logo
फुलकोर्टको निर्णय

सर्वोच्च अदालतले अबदेखि गोलाप्रथाबाट पेशी रोज्ने


2k
Shares

काठमाडौं । सर्वोच्च अदालतको फुलकोर्ट बैठकले गोलाप्रथाको व्यवस्थासहितको नियमावली पास गरेको छ ।

बिहीबार बसेको फुलकोर्टले नियमावली र त्यससँग सम्बन्धी निर्देशिका तथा नियमावली संशोधन गर्दै निर्देशिका समेत पास गरेको हो ।

निर्देशिका राजपत्रमा प्रकाशित भए पछि लागू हुनसाथ सर्वोच्च अदालतले गोलाप्रथाबाट पेशी रोज्ने भएको छ ।

गोलाप्रथाको व्यवस्था लागु हुने भएपछि तीन सातादेखि अवरुद्ध इजलास सुचारु हुने अनुमान गरिएको छ । आन्दोलनरत न्यायाधीशहरुले गोलाप्रथाबाट पेशी रोज्नुपर्ने माग राख्दै आएका छन् ।

गोलाप्रथाको व्यवस्था भएपछि न्यायाधीशहरु इजलासमा फर्कने सम्भावना रहेतापनि प्रधानन्यायाधीशको राजीनामा माग भने यथावत नै रहने बुझिन्छ । तर, आन्दोलनरत न्यायाधीशहरुले यस विषयमा धारणा सार्वजनिक गरेका छैनन् ।

प्रतिक्रिया दिनुहोस्