Logo
Logo

कृषि तथा पशुपन्क्षी बीमा क्षति मुल्याङ्कनकर्ताको तालिम सम्पन्न



काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स कम्पनीको कृषि तथा पशुपन्क्षी बीमा क्षति मुल्याङ्कनकर्ताको तालिम सम्पन्न भएको छ ।

कम्पनीले बीमा समितिबाट जारी कृषि तथा पशुपन्छी बीमा निर्देशिका, २०७७ बमोजिम कृषि तथा पशुपन्क्षी बीमा क्षति मुल्याङ्कनकर्ताको व्यवस्था गर्न कृषि तथा पशुपन्क्षी बीमाको तालिम सम्पन्न भएको हो ।

कम्पनीका नायव प्रमुख कार्यकारी अधिकृत शरण रेग्मीका अनुसार सोलुखुम्बु र ओखलढुङ्गाका सहभागिहरुलाई एकै स्थानमा समावेश गरि तालिम दिइएको थियो ।

उक्त तालिम कार्तिक २८ देखि ३० गतेसम्म सोलुखुम्बु जिल्लाको पत्ताले गुठीभवन, पत्ताले सोलुखुम्बुमा बीमा समितिको प्रतिनिधिको रोहवरमा गरिएको थियो । उक्त तालिममा १५ जना व्यक्तिह?को सहभागिता रहेको थियो ।

क्षति मुल्याङ्कनकर्ताको तालिम पश्चात कृषि तथा पशुपन्छी बीमाको क्षतिको लागि तोकिएको सीमाभन्दा बढीको क्षतिमा क्षति मुल्याङ्कनकर्ताले मुल्याङ्कन गरी दावी भुक्तानी गर्ने, व्यवस्थाबाट कृषि तथा पशुपन्छी बीमामा उल्लेख रूपमा सुधार भई कम्पनीले ग्राहकलाई बीमा सेवा प्रदान गर्न सहज हुने कम्पनीकाे अपेक्षा छ ।

प्रतिक्रिया दिनुहोस्