Logo
Logo

सर्लाहीमा कांग्रेसको निर्वाचन अधिकृत कुटिए


1.1k
Shares

सर्लाही । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत सर्लाही जिल्लामा अधिवेशन प्रक्रिया अवरुद्ध भएको छ । केन्द्रीय निर्वाचन समितिले खटाएका जिल्ला निर्वाचन अधिकृत कुटिएपछि अधिवेशन अनिश्चित बनेको हो ।

सर्लाहीमा बिहीबारका लागि वडा अधिवेशन तय भएको थियो । तर अधिवेशन सुरु नहुँदै मलंगवामा रहेको पार्टी कार्यालयमै निर्वाचन अधिकृत दिवाकर पाण्डे कुटिएका हुन् । पाण्डेले एक पक्षीयरुपमा वडाहरुमा मतदान अधिकृत तोकेको भन्दै पौडेल समूहका कार्यकर्ताले कुटपिटको बताइएको छ ।

सर्लाहीमा यसअघि निर्वाचन अधिकृतका रुपमा गएका विनोद कार्कीले राजीनामा दिएपछि पाण्डेलाई केन्द्रले पठाएको हो । महाधिवेशनको मिति नजिकिँदै गएपनि सर्लाहीमा भने वडा अधिवेशन नै हुन नसकेको हो ।

प्रतिक्रिया दिनुहोस्