Logo
Logo

बालकृष्णसहित काठमाडौं आइपुगे बाबा रामदेव



काठमाडौं । भारतीय बाबा रामदेव काठमाडौं आइपुगेका छन् । उनी आज (बुधबार) आफ्ना सहकर्मी आचार्य बालकृष्णसहित काठमाडौं आइपुगेका हुन् ।

रामदेव नेपालस्थित पतञ्‍जलि योगपीठले मंगलबार काठमाडौंमा आयोजना गर्ने कार्यक्रममा सहभागी हुन काठमाडौं आएका हुन् । उनी पतञ्‍जलि योगपीठले ल्याउन लागेका दुईवटा टेलिभिजन च्यानल आस्था नेपाल र पतञ्‍जलि नेपालको उद्घाटनमा सहभागी हुन आएका हुन् ।

भारतीय यातायातमन्त्री नीतिन गडकरी पनि आज नै काठमाडौं आइपुग्‍ने कार्यक्रम छ । दुवैवटा च्यानलको उद्घाटन प्रधानमन्त्री देउवाले गर्ने कार्यक्रम रहेको छ ।

हरेक नेपालीलाई योगसहित आयुर्वेद शिक्षाको ज्ञान संचार गर्दै नेपालको सामाजिक सांस्कृतिक, आध्यात्मिक, धार्मिक सहिष्णुतालाई दिगो र प्रगाढ बनाउन टिभी सञ्चालन गर्न लागेको पतञ्जली योगपीठ नेपालले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्