Logo
Logo

प्रधानन्यायाधीशलाई अल्टिमेटमदेखि राष्ट्रिय सभाको निर्वाचन गर्ने निर्णयसम्म



हेडलाइन्स्

१. आन्दोलनरत नेपाल बार एशोसिएसनद्वारा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई २४ घण्टा भित्र पदबाट राजीनामा दिन ‘अल्टिमेटम’, शुक्रबार सम्ममा राजीनामा नदिए सशक्त आन्दोलनका कार्यक्रम ल्याउने बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठको चेतावनी, प्रधानन्यायाधीश राणाले सर्वोच्चमा अनियमितता र भ्रष्टाचारको नेतृत्व गरेको आरोप ।

२. राष्ट्रिय सभाको निर्वाचन माघ १२ मा गर्ने सरकारको निर्णय, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको १२ औँ तहमा तीन जना चिकित्सकलाई बढुवा गर्ने मन्त्रिपरिषद्को निर्णय, डा श्याम सुन्दर यादव, डा भिमसिंह टिंकरि र डा गुणराज लोहनी १२ औँ तहमा बढुवा हुने ।

३. प्रधानमन्त्री तथा नेपाली कांग्रेसमा सभापित शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्कपमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता, समसामयिक राजनीतिक घटनाक्रम र राजदूत नियुक्तिको विषयमा छलफल ।

४. सर्वोच्च अदालतले अबदेखि गोलाप्रथाबाट पेशी रोज्ने, तीन सातादेखि अवरुद्ध इजलास सुचारु हुने अनुमान, प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले बोलाएको ‘फुलकोर्ट’ बैठकमा १८ जना न्यायाधीश उपस्थित, नेपाल बार एसोसिएसनको प्रदर्शनमा प्रहरीको हस्तक्षेप, आन्दोलनरत कानुन व्यवसायीमाथि अनावश्यक बल प्रयोग नगर्न राष्ट्रिय मानव अधिकार आयोगको आग्रह ।

५. कोरोना भाइरस विरुद्धको खोप लगाउनका लागि अब पालो कुर्नु नपर्ने स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाको भनाइ, जुनुसुकै खोप केन्द्रमा गई सर्वसाधारणले खोप लगाउन सक्ने, वीर अस्पताल, त्रिवि शिक्षण अस्पताल, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, सैनिक अस्पताल र नेपाल पुलिसको अस्पतलामा २४सै घण्टा सर्वसाधारणलाई खोपको व्यवस्था गरिएको मन्त्री खतिवडाको भनाइ ।

६. सर्वोच्च अदालतको समस्या छिट्टै समाधान हुने नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालको विश्वास, सर्वोच्चमा देखिएको समस्या समाधान गर्न प्रधानमन्त्री शेरबहादुर देउवाले पहल गर्ने, न्यायालयको समस्या छिट्टै समाधान हुनुपर्नेमा पाँच दलीय गठबन्धन एकमत भएको धारणा, सुदूरपश्चिमबाट फहराएको एकीकृत समाजवादीको झण्डा मेचीसम्म पुग्ने अध्यक्ष नेपालको भनाइ ।


७. बुधबार उच्च अङ्कले बढेर दुई हजार ८०० भन्दामाथि पुगेको धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले घट्यो, आज नेप्से परिसूचक ३२.३९ अङ्कले घटेर दुई हजार ७६९.१३ मा झर्यो, कूल २२४ कम्पनीको ९८ लाख ६२ हजार ९४० कित्ता शेयर ६ अर्ब २७ करोड १८ लाख ६७ हजार २३० मा खरिद बिक्री, कारोबार भएका कूल १३ उपसमूहमध्ये १२ उपसमूहको शेयर ओरालो ।

८. प्रधानमन्त्री शेरबहादुर देउवा र अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुबीच भेटवार्ता, दुई देशबीच आपसी सम्बन्ध र सहयोगका विषयमा छलफल, भेटमा नेपालमा कोभिडले पारेको असर, कोभिडपछिको आर्थिक पुनरोत्थान र कोरोना विरुद्धको भ्याक्सिनको सहयोग लगायत विषयमा कुराकानी भएको परराष्ट्र सचिव भरतराज पौडेलको भनाइ ।

९. कतारविरुद्धको तीन खेलको टी–२० क्रिकेट शृंखला नेपालको सानदार क्लिन स्विप, आज भएको तेस्रो तथा अन्तिम खेलमा कतार १ सय ९ रनले पराजित, कतार मंगलबार भएको पहिलो खेलमा १ सय १९ रन र बुधबरा भएको दोस्रो खेलमा ६१ रनले पराजित, सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलका सम्पूर्ण तयारी पुरा, उद्घाटन खेलमा सातदोबाटो युथ क्लब र फ्रेन्ड्स क्लबबीच प्रतिस्पर्धा हुने ।


१०. सीमा विवादमा समस्यको समाधानको लागि भारत र चीनबीच भेटवार्ता, अमेरिकामा जथाभावी औषधि सेवन र्गदा एकै वर्ष एक लाख बढीको मृत्यु, अमेरिकामा प्रतिबन्धित फेन्टानाइल समूहका औषधिको सेवन बढ्यो, जेरुसेलममा इजरायली सेनासँगको झडपमा ५७ प्यालेस्टाइनी घाइते ।

प्रतिक्रिया दिनुहोस्