Logo
Logo

कांग्रेसको आज प्रदेश सभा क्षेत्रीय अधिवेशन


756
Shares

काठमाडौं । नेपाली कांग्रेसले आज (शुक्रबार) प्रदेश सभा क्षेत्रीय अधिवेशन गर्दैछ । कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत प्रदेशसभा निर्वाचन क्षेत्रमा आज अधिवेशन गर्न लागेको हो ।

कांग्रेसले वडा र पालिका अधिवेशन सकेर थप संरचनामा अधिवेशन हुन नसकेका जिल्लामा आज प्रदेश सभा क्षेत्रीय अधिवेशन गर्दैछ । कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माका अनुसार सर्लाहीलगायत केही जिल्लामा विवाद देखापरे पनि नेतृत्वले ३३० वटै प्रदेश सभा अधिवेशन गर्ने योजना बनाएको छ ।

सभापति, उपसभापति दुई, सचिव दुई र सहसचिव दुई र १६ प्रदेशस्तरीय कार्यसमितिका लागि उम्मेदवारी दिने उनले बताए । कांग्रेस केन्द्रीय कार्यालयका अनुसार प्रदेश सभा अधिवेशनको सभापति उम्मेदवारका लागि पाँच हजार शुल्क बुझाउनु पर्ने भएको छ ।

यस्तै सिन्धुपाल्चोकमा तीन वडामा अधिवेशन बाँकी छ । तीन जिल्लाबाहेक अन्यमा प्रदेश सभा क्षेत्रको निर्वाचन एक साथ हुन लागेको कांग्रेस नेता प्रदिप पाण्डेले जानकारी दिए ।

प्रतिनिधि सभा निर्वाचन क्षेत्र एक रहेका जिल्लामा जिल्ला अधिवेशन मंसिर ६ मा तोकिएको छ । एक भन्दा बढी निर्वाचन क्षेत्र रहेका जिल्लामा मंसिर १० मा जिल्ला अधिवेशन हुनेगरि मिति तोकिएको छ ।

हिमाली २१ जिल्लामा दसैंअघि जिल्ला अधिवेशन सक्ने पार्टी कार्यतालिका कार्यान्वय हुन सकेको थिएन । हालसम्म १४ जिल्लाको अधिवेशन सकिएर ३९० प्रतिनिधि चयन भएका छन् । हिमाली जिल्लामा गणना हुने सिन्धुपाल्चोक र रसुवाको वडाको अधिवेशन अनिश्चित हुँदा थप संरचनाको अधिवेशन हुन नसकेको हो ।

नेपाली कांग्रेसको निर्वाचन समितिले मंसिर ६ गते नेपाली कांग्रेसको संसदीय क्षेत्रमा क्षेत्रीय अधिवेशन हुने जनाएको छ । यस्तै कांग्रेसले आगामी २४(२६ मंसिरमा १४ औं केन्द्रीय महाधिवेशन गर्दैछ ।

प्रतिक्रिया दिनुहोस्