Logo
Logo

सर्वोच्चमा कानुन व्यवसायी र प्रहरीबीच घम्साघम्सी



काठमाडौं । सर्वोच्च अदालत परिसरमा आज कानून व्यवसयी र प्रहरीबीच घम्साघम्सी भएको छ । प्रहरीले धर्नास्थलमा कानून व्यवसयीहरूलाई प्रवेशमा रोक्न खोज्दा दुई पक्षबीच घम्साघम्सी भएको हो ।

कानून व्यवसायीहरू धर्ना बसिरहेको सर्वोच्च परिसरमा सुरक्षाकर्मीले घेरा हालेको हो । आन्दोलित कानून व्यवसायीहरूले आफूहरू शान्तिपूर्ण धर्ना दिने बताएका थिए । तर सुरक्षाकर्मीले उनीहरूलाई रोकेको छ ।

आफूहरूले हुलहुज्जत नगर्ने भएकोले धर्नास्थल प्रवेश गर्न दिन कानून व्यवसायीले प्रहरीसँग आग्रह गरेका छन् । प्रधानन्यायाधीश जबरा मन्त्रिपरिषद सदस्यको भागबण्डामा मुछिएपछि नेपाल बार एशोसिएसनको अगुवाइमा कानून व्यवसायीहरुले यही कात्तिक १४ गतेदेखि उनको राजीनामा माग्दै प्रदर्शन गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्