Logo
Logo

कर्णालीका मुख्यमन्त्री शाहीले १४ मंसिरमा विश्वासको मत लिने



सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले विश्वासको मत लिने भएका छन् । प्रदेश प्रमुख तिलक परियारले मुख्यमन्त्री शाहीले विश्वासको मत लिने प्रयोजनका लागि १४ मंसिरमा प्रदेशसभा अधिवेशन आव्हान गरेका छन् ।

शाही १६ कात्तिकमा मुख्यमन्त्री नियुक्त भएका थिए । प्रदेशसभा सचिवालयले १४ गते दिउँसो १ बजे बैठक बोलाइएकाले उपस्थितिका लागि सबै सदस्यलाई विज्ञप्तिमामार्फत सूचित गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्