Logo
Logo

प्रदेश २ मा एकीकृत समाजवादीबाट दुई मन्त्री बन्दै



जनकपुरधाम । प्रदेश २ सरकारमा नेकपा एकीकृत समाजवादीबाट दुई जना मन्त्री बन्ने भएका छन् । सरकारमा सहभागी हुन सहमत भएसँगै उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय र कानून न्याय तथा प्रदेश मामिला मन्त्रालय समाजवादीले पाउने भएको छ ।

यसअघिसरकारमा जाने भने पनि मन्त्रालय भागबण्डा नटुंगिदा एकीकृत समाजवादी सरकारमा गएको थिएन । एकीकृत समाजवादीले संसदीय दलका नेता शत्रुधन महतो र सांसद प्रमोद यादवलाई सरकारमा पठाउने भएको छ ।

एकीकृत समाजवादी प्रदेश २ का संसदीय दलका नेता महतोले यसको पुष्टि गर्दै पार्टीबाट दुई जना मन्त्री हुने निर्णय भएको बताए । नयाँ मन्त्रीको मंसिर ५ गते आइतबार सपथग्रहणको कार्यक्रम राखिएको छ ।

एकीकृत समाजवादीलाई सरकारमा सहभागी गराउन यसअघि मुख्यमन्त्री लालबाबु राउतले उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रामनरेश रायलाई बर्खास्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्