Logo
Logo

प्रधानमन्त्री देउवाद्वारा पतञ्जलीलाई जग्गा दिने घोषणा


1.4k
Shares

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले पतञ्जली जस्तो नन प्रोफिट संस्थालाई सरकारले जग्गा उपलब्ध गराउने बताएका छन् ।

शुक्रबार काठमाडौंस्थीत पतञ्जलि योगपीठ नेपाल मण्डिखाटारमा पतञ्जलि नेपाल टिभी, आस्था नेपाल टिभी र पतञ्जलि सेवा सदनको उद्घाटन गर्दै प्रधानमन्त्रीले आयुर्वेद औषधीका उत्पादनका लागि पतञ्जलीलाई जग्गा उपलव्ध गराउने बताएका हुन् । उनले विश्वभरि नै स्वास्थ्यका लागि सवैभन्दा उत्तम योग नै रहेको जिकिर गरे । त्यस्तै उनले बारम्बार नेपाल आउन पनि रामदेवलाई आग्रह गरे ।

त्यस्तै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले समाजलाई निरोगितातर्फ लैजाने अभियानको सुरुवात रामदेवले गरेको बताए । नेपालको बिकासमा पतञ्जलीको योगदान महत्पूर्ण रहेको उनले बताए । नेपालमा रहेका अमूल्य जटिबुटिको प्रशोधन गर्दै उपयुक्त रुपमा प्रयोग गर्नुपर्ने उनले बताए ।

त्यस्तै नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले योग साधनाको बेग्लै महत्व रहेको धारणा राखे ।

कार्यक्रममा भारतीय योगगुरु रामदेवले नेपाललाई अर्गानिक सामाजनिक सांस्कृतिक रूपमा विकास हेर्न चाहेको धारणा राखे । नेपालको आर्थिक र सामाजिक बिषयमा पूर्ण सहयोग रहने उनले बताए ।

उनले भौगोलिक रूपमा फरक स्थानको भए पनि संस्कृति र धर्मको पूर्वज एउटै रहेको उल्लेख गरे ।

प्रतिक्रिया दिनुहोस्