Logo

कम्युनिष्ट पार्टीको इतिहासलाई फर्केर हेर्दा


Published On : 14 May, 2019

रवीन्द्र श्रेष्ठ

सन् १८७१मा विश्वमा पहिलो पल्ट फ्रान्सको राजधानी पेरिसमा कम्युनिष्ट नेतृत्वको राज्यव्यवस्था र सरकारको स्थापना भयो । तर यो केवल ७२ दिन मात्र टिक्न सक्यो । यसलाई विश्व इतिहासमा पेरिस कम्युन नामले स्वर्णीम अक्षरमा लेखिएकोछ । त्यसपछि सन् १९१७ मा रुसमा कम्युनिष्ट पार्टीको नेतृत्वमा समाजवादी क्रान्ति भयो । यस क्रान्तिले कम्युनिष्ट पार्टीको नेतृत्वमा समाजवादी राज्यव्यवस्था र सरकार स्थापना ग¥यो । तर सन् १९९१ डिसेम्वर २६ का दिनमा सोभियत संघको विघटन भयो । वेलुकि ७.३२ वजे राष्ट्रपति भवन र संसद भवनवाट सोभियत लाल झण्डा निकालियो र रुसी अक्टोवर समाजवादी क्रान्ति अगाडिको पुरानो रुसी झण्डा पुनः फहराइयो ।

रवीन्द्र श्रेष्ठ

कम्युनिष्ट नेताहरु कसरी पूँजीवादमा परिवर्तन भए ? लालसेना कसरी पूँजीवादी सेनामा परिवर्तन भयो ? समाजवादी राज्यव्यवस्था कसरी पूँजीवादी राज्यव्यवस्थामा परिवर्तन भयो ? विश्ववाट एकपछि अर्को गर्दै समाजवादी भनिएका राज्यव्यवस्थाहरु किन ढल्न पुगे ? यसबाट नेपाली कम्युनिष्टहरुले समय मै शिक्षा लिन आवश्यक छ ।

कम्युनिष्ट पार्टीको नेतृत्वको समाजवादी भनिएको व्यवस्थाको विघटन कुनै विदेशी पूँजीवादी फौजी आक्रमणको परिणाम थिएन । यो त शक्तिशाली सोभियत कम्युनिष्ट पार्टीका सर्वोच्च नेता (महासचिव) तथा सोभियत संघका राष्ट्रपति गोर्वाचोभले अर्का कम्युनिष्ट नेता वोरिस यल्तसिनसंग मिलेर गरिएको नांगो प्रतिक्रान्ति थियो । सोभियत संघ विघटनको घोषणा भन्दा केही महिना अगाडि अगष्ट १९९१ मा गोर्वाचोभ र वोरिस यल्तसिन मिलेर सोभियत कम्युनिष्ट पार्टीमाथि नै प्रतिवन्ध लगाएका थिए र कम्युनिष्ट पार्टी विघटन गरिएको घोषणा गरेका थिए ।

सोभियत संघ विघटन भन्दा अगाडि पूर्वी युरोपका समाजवादी भनिएका देशहरुमा एकपछि अर्को गर्दै सन् १९८९ र १९९० मा नांगो पूँजीवादी व्यवस्था स्थापना भयो । युगोस्लाभिया, चेकोस्लोभाकिया, पोलैण्ड, पुर्वी जर्मनी, हंगेरी, बुल्गेरिया जस्ता देशहरुमा विभिन्न खाले जनआन्दोलनहरु र चुनाववाटै समाजवादी व्यवस्था हटाएर पुँजीवादी व्यवस्थाको स्थापना भयो भने रुमानियामा आन्तरिक सशस्त्र संघर्षको माध्यमवाट समाजवादी भनिएको व्यवस्था ढालेर नांगो पूँजीवादी व्यवस्थाको पुनःस्थापना भयो ।

कम्युनिष्ट नेताहरु कसरी पूँजीवादमा परिवर्तन भए ? लालसेना कसरी पूँजीवादी सेनामा परिवर्तन भयो ? समाजवादी राज्यव्यवस्था कसरी पूँजीवादी राज्यव्यवस्थामा परिवर्तन भयो ? विश्ववाट एकपछि अर्को गर्दै समाजवादी भनिएका राज्यव्यवस्थाहरु किन ढल्न पुगे ? यसबाट नेपाली कम्युनिष्टहरुले समय मै शिक्षा लिन आवश्यक छ ।

सन् १९१७ मा लेनिनको नेतृत्वमा रुसमा क्रान्ति भएपछि विकसित देशको तुलनामा निकै पछि परेको रुसलाई तीब्र गतिमा विकास गर्न कम्युनिष्ट पार्टी सफल भयो । कम्युनिष्ट पार्टीले गृहयुद्धमा पुँजीवादी सरकारलाई सहयोग गर्न आएका आठ साम्राज्यवादी देशका सेनालाई समेत हराएर क्रान्ति सम्पन्न गरेको थियो । औद्योगिक क्रान्ति, कृषिमा सामुहिकीकरण र यान्त्रिकिकरण, विद्युतिकरण, आदिको माध्यमवाट विभिन्न क्षेत्रमा आमुल परिवर्तन गरेर विश्वलाई नै छिटो गतिमा तीब्र विकास गर्ने नयाँ सिद्धान्त र वाटो यस क्रान्तिले देखायो । यसले हिटलरको विश्वविजयको लक्ष्य सहितको साम्राज्यवादी दोश्रो विश्वयुद्धलाई पराजित गरेर विश्व शान्तिमा नयाँ योगदान दियो । यसले मुठ्ठिभर पुँजीपतिहरुको लोकतन्त्रको जामा पहिरिएको कथित संसदिय लोकतन्त्रका विरुद्ध वहुसंख्यक उत्पीडित जनताको समाजवादी लोकतन्त्रको नयाँ व्यवस्थाको उदाहरण विश्वसामु पेश ग¥यो ।

दोश्रो विश्वयुद्धपछि अमेरिका पुँजीवादी देशहरुको शक्तिशाली अगुवाको रुपमा उदायो । अमेरिका संग टक्कर लिन सक्ने समाजवादी देशको अगुवाको रुपमा सोभियत संघको उदय भयो । तर यस्तो समाजवादी देश र अन्य समाजवादी देशहरु किन र कसरी ढले ? यो निकै महत्वपूर्ण शिक्षा हो ।

पहिलो शिक्षा– सोभियत संघ र पूर्वी युरोपका कम्युनिष्ट पार्टीहरुले माक्र्सवादी लेनिनवादी राजनीतिका मूख्य तथा आधारभूत सिद्धान्तहरुको परित्याग गरे । सोभियत संघ र पूर्वी युरोपका कम्युनिष्ट पार्टीहरुले वर्गीय पार्टी र वर्ग सत्ता तथा वर्गीय सरकार जस्ता माक्र्सवाद लेनिनवादका मुख्य सिद्धान्त नै परित्याग गरे । उनीहरुले कम्युनिष्ट पार्टीलाई सबै जनताको पार्टी र समाजवादी सत्तालाई सबै जनताको सत्ता भन्ने नयाँ संशोधनवादी सिद्धान्त आविश्कार गरे । तर माक्र्सवाद लेनिनवादले भनेको के हो भने शोषक वर्ग र शोषित वर्गको एउटै पार्टी हुन सक्दैन । कम्युनिष्ट पार्टी भनेको शोषित सर्वहारा वर्गको पार्टी हो । यो शोषक वर्गको पनि पार्टी हुन सक्दैन । त्यस्तै सरकार र राज्यव्यवस्था एकै पटक शोषक वर्ग र शोषित वर्ग सबैको हुन सक्दैन, कि त शोषक वर्गको सरकार हुन्छ, कि त शोषित वर्गको सरकार हुन्छ । तर ती पार्टीहरुले विशेष गरि सन् १९५६ देखि सबैको पार्टी र सबैको सरकार भन्ने संशोधनवादी नीति अंगाले । सिंह र खरायो दुबैको पार्टी र सरकार वनाउनुको अर्थ सिंहले खरायोलाई खाँदै आफ्नो मात्र पार्टी र सरकार वनाउनु हो । माक्र्सवाद लेनिनवादले विश्वका उत्पीडित जनतालाई सिकाएको महत्वपूर्ण विषय भनेको सिंहको पार्टीको विरुद्ध खरायोको पार्टी वनाउनु पर्दछ र खरायोको सरकार तथा सत्ता वनाउनु पर्दछ भन्ने हो । तव मात्र खरायोको व्यवस्था अर्थात समाजवाद हुँदै साम्यवादमा पुग्न सकिन्छ भन्ने हो । तर ती पार्टीहरुले कम्युनिष्ट पार्टीलाई सिंह र खरायो दुबैको पार्टी वनाए । सरकारलाई पनि सिंह र खरायो दुबैको सरकार वनाए । परिणाम स्वरुप पार्टी र सरकारमा केही समयपछि सिंहले कब्जा ग¥यो । प्रतिक्रान्ति भयो ।

सुनकाण्ड, वाइडबडी काण्ड तै चुप मैचुपको अवस्थामा छ । एनसेलको अर्बौको करछली काण्डमा वर्तमान सरकारका शीर्ष नेता मुछिएका छन् । उनीहरुले वर्ग संघर्ष छैन भनेतापनि जनताका विरुद्ध उनीहरु स्वयम्ले ठूला ठूला वर्ग संघर्ष गरिरहेका छन्– ठूला भ्रष्टाचारको रुपमा, भ्रष्टाचारलाई ढाकछोप गर्ने तरिका अपनाएर, भ्रष्टाचारको विरोध भण्डाफोर गर्नेहरुलाई दमन गरेर, सरकारी कार्यालयहरुमा जनताबाट घुस असुली निरन्तर गरेर, विकास वजेटहरुमा काखा र पाखा गरेर, भएको विकास बजेटपनि खर्च नगरेर, संचार माध्यमलाई नियन्त्रण गर्ने र आतंकित पार्ने कानुन बनाएका छन् ।

अहिले सत्ताधारी नेकपालाई सर्वहारा वर्गको पार्टी वनाउनु पर्नेमा दलाल पूँजीपति र नोकरशाही पूँजीपति देखि सबैको पार्टी वनाइएकोछ । परिणाम स्वरुप यो पार्टीलाई दलाल पूँजीपति र नोकरशाही पूँजीपतिहरुले कब्जा गर्ने प्रकृया तीब्र भएकोछ । यो पार्टीले सर्वहारा वर्ग र उत्पीडित नेपालीहरुको स्वार्थ रक्षा गर्नवाट पछि हटिरहेकोछ ।

दोश्रो शिक्षा– सोभियत संघ र पूर्वी युरोपका कम्युनिष्ट पार्टीहरुले माक्र्सवाद लेनिनवादको अर्को महत्वपूर्ण सिद्धान्त वर्ग संघर्ष, वर्ग पक्षधरता, वर्गीय शासन, वर्गीय विकास आदिको परित्याग गरे । उनीहरुले समाजवादी व्यवस्थामा शत्रुतापूर्ण वर्गहरु नरहने भएकोले वर्ग संघर्ष अनावश्यक रहेको र वर्ग समन्वय आवश्यक रहेको संशोधनवादी सिद्धान्त अपनाए । समाजवादी राज्यव्यवस्थामा पनि शत्रुतापूर्ण वर्गहरु रहने तथा वर्ग संघर्ष अनिवार्य हुने तथ्य माक्र्स लेनिनले वारम्वार विश्लेषण गरेको कुरालाई उनीहरुले अस्वीकार गरे । ती देशहरुमा समाजवादी अर्थतन्त्रका सबै शाखाहरुमा व्यक्तिगत स्वार्थकालागि समाजवादी सम्पतिको दुरुपयोग गर्ने, व्यक्तिगत स्वार्थकालागि भ्रष्टाचार गर्ने, कालोवजारी गर्ने, सत्ताको दुरुपयोग गरेर व्यक्तिगत फाइदा लिने, आदि वढी रहेको थियो । यस्ता पूँजीवादी नव वुर्जुवा वर्गहरुका विरुद्ध संघर्ष गर्न नपर्ने सिद्धान्त लिनाले कम्युनिष्ट पार्टी र सरकार नै पछि गएर कम्युनिष्ट खोल ओडेका त्यस्ता नव वुर्जुवा वर्गको कब्जामा पर्न गयो । कम्युनिष्ट नेता कार्यकर्ताहरु नै नव वुर्जुवा वर्गमा रुपान्तरित भए । सन् १९८९ देखि १९९१ सम्ममा आउँदा ती देशहरुका नाम मात्रका कम्युनिष्ट पार्टी र नाम मात्रका कम्युनिष्ट सरकारको विरुद्ध जनता नै सडकमा ओर्लेर क्रान्ति गरे । तर कम्युनिष्ट पार्टीको नामवाट वितृष्णा पैदा भएको कारणले तथा वैकल्पिक क्रान्तिकारी जनपक्षीय कम्युनिष्ट पार्टीको अभावमा अन्य विविध वुर्जुवा पार्टीहरुको हातमा ती देशहरुको सत्ता पुग्यो ।

अहिले नेपालमा पनि सत्ताधारी कम्युनिष्ट पार्टीका नेताहरु अब वर्ग संघर्ष गर्न नपर्ने वताइरहेका छन् । अब शान्तिपूर्ण तरिकाले विकास गर्न सकिने सिद्धान्तको वकालत गरेर वर्ग संघर्षको विरोध गरिरहेकाछन् । तर वास्तविकता यो भएको छ कि ती ठूला वडा नेताहरु नै शोषक, सामन्त वर्गमा रुपान्तरित भैरहेकाछन् । देशका ठुल्ठूला भ्रष्टाचार काण्डहरुमा उनीहरु मुछिएकाछन् । काम नगर्ने ठेकेदारहरुवाट ठूला नेताहरुले चन्दा असुलेका हुनाले थुप्रंै विकास कामहरु अलपत्र परेका छन् । सुनकाण्ड, वाइडबडी काण्ड तै चुप मैचुपको अवस्थामा छ । एनसेलको अर्बौको करछली काण्डमा वर्तमान सरकारका शीर्ष नेता मुछिएका छन् । उनीहरुले वर्ग संघर्ष छैन भनेतापनि जनताका विरुद्ध उनीहरु स्वयम्ले ठूला ठूला वर्ग संघर्ष गरिरहेका छन्—ठूला भ्रष्टाचारको रुपमा, भ्रष्टाचारलाई ढाकछोप गर्ने तरिका अपनाएर, भ्रष्टाचारको विरोध भण्डाफोर गर्नेहरुलाई दमन गरेर, सरकारी कार्यालयहरुमा जनतावाट घुस असुली निरन्तर गरेर, विकास वजेटहरुमा काखा र पाखा गरेर, भएको विकास वजेटपनि खर्च नगरेर, संचार माध्यमलाई नियन्त्रण गर्ने र आतंकित पार्ने कानुन बनाएका छन् ।

तेश्रो शिक्षा– ती देशहरुमा क्रान्ति लगत्तै केही तीब्र विकास गरिएको थियो । तर समय क्रममा जनअपेक्षा अनुसार जनताकोलागि विकास गर्ने गति कम हुन थाल्यो । तर सत्तामा रहेका नेताहरु र उनको भजनमण्डली तथा मुठ्ठिभर आसेपासेकालागि भने सुख सुविधा वृद्धि हुँदै गयो । सरकारमा रहेकाहरुको तलव सुविधा मजदुर वर्गको वरावरमात्र हुनु पर्दछ भन्ने पेरिस कम्युनको शिक्षालाई अस्वीकार गर्न थालियो । यसले जनतामा ठूलो असन्तोस जन्मायो र नाम मात्र वाँकि रहेको कम्युनिष्ट पार्टी र सरकार विरुद्ध जनताले विविध तरिकाले आन्दोलन गरे । नेपालमा पनि नेताहरु र उनका परिवार, आसेपासे तथा मुठ्ठिभर भजनमण्डलीको तलव सुविधा र सम्पतिमा वृद्धि भएको छ भने अरु वहुसंख्यक जनतामा असन्तोष तीब्र रुपमा वढी रहेकोछ । यसको परिणाम नेताहरुले भोग्नु पर्ने हुन्छ ।

चौथो शिक्षा– ती देशहरुका ठूला नेताहरुमा लालसेना, प्रशासन, सत्ता संयन्त्र सबै आफ्नो भएको तथा चुनावमा सधैं आफु जित्ने पक्का भएको घमण्ड थियो । जनता र विपक्षीलाई ती ठूला नेताहरुले निम्छरो ठान्दथे । तर समयक्रममा निम्छरा भनिएका जनताले उनीहरुको घमण्ड चकनाचूर वनाइदियो । नेपालमा पनि जनता र विपक्षीलाई निम्छरो देख्ने रोग ठूला नेताहरुलाई लागेकोछ ।

संक्षेपमा, माक्र्सवादी लेनिनवादी सिद्धान्तको परित्याग, मुखमा कम्युनिष्ट तर व्यवहारमा नववुर्जुवापथ अंगाल्नु, भ्रष्टाचारमा डुब्नु, नेताहरुको वर्ग परिवर्तन हुनु जस्ता कारणहरुले ती देशका कम्युनिष्ट पार्टीहरु नववुर्जुवा पार्टीमा परिवर्तन भैसकेका थिए । सन् १९८९ देखि १९९१ को विचमा विभिन्न देशमा जनताले ती नाम मात्र कम्युनिष्ट वाँकि रहेका पार्टी र सरकारका विरुद्ध विद्रोहहरु गरे । तर वैकल्पिक क्रान्तिकारी कम्युनिष्ट पार्टीको अभावमा जनताको आन्दोलनको फाइदा अन्य वुर्जुवा पार्टीहरुले नै लिए । नेपालमा पनि त्यस्तो स्थिति नआओस् भन्नाकोलागि, सकिन्छ भने सत्ताधारी कम्युनिष्ट पार्टी भित्रका इमान्दार कम्युनिष्टहरुले पार्टी र सरकारलाई जनपक्षीय वाटोमा हिंडाउनु पर्दछ । त्यसो सम्भव नभएमा वैकल्पिक क्रान्तिकारी जनपक्षीय पार्टी वनाइ जनतामा स्थापीत गरिनु पर्दछ । यदि यी दुबै नभएमा आगामी चुनावमा नेपालमापनि सोभियत संघ र पूर्वी युरोपमा जस्तै कम्युनिष्ट पार्टी लामो समय सम्म उठ्नै नसक्ने गरि ढल्ने सम्भावना वढ्नेछ ।

प्रतिक्रिया दिनुहोस्